मकवानपुरको कैलाश–८ भार्तामा एक महिने सिलाई कटाई तालिमको समापन

२० जेठ, हेटौंडा । कैलाश गाउँपालिका–८, भार्तामा सञ्चालन गरिएको एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ। कार्यक्रम वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

बैशाख १६ गतेदेखि सुरु भएको तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए। तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले अघिल्लो वर्षझैं यस वर्ष पनि सिलाई तालिम सञ्चालन गरिएको उल्लेख गर्दै, महिलाहरुले प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे ।

‘कपडा सिलाउन अब मनहरी जानु पर्दैन, घरमै बसेर आफ्नो सीप प्रयोग गर्नुहोस्,’ अध्यक्ष मुक्तानले भने । उनले सीपसँगै मेशिन पनि उपलब्ध हुने जानकारी दिँदै, सीपले आर्थिक स्तरमा सुधार ल्याउने बताए ।

साथै, गाउँपालिकाको उद्देश्य ग्रामीण महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण रहेको भन्दै उद्यमशील बन्न प्रेरित गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले पनि जानेको सीपलाई आयआर्जनमा जोड्नुपर्नेमा जोड दिए । ‘मेशिन खिया नलागोस्, घरमै बसेर सीपको सदुपयोग गर्नुस्,’ उनले भने ।

तालिम पश्चात सहभागीहरुलाई थप तीन दिने उद्यमशीलता तालिम समेत प्रदान गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

समापन कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा नम्बर ८ का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ, र उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...