प्रदेशमा मन्त्रालय संख्या घटाउन र गाँजाको औषधीय प्रयोगलाई अनुमति दिन मुख्यमन्त्री बानियाँको प्रस्ताव

३ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउन र औषधीय उपयोगिताका लागि गाँजाको प्रयोगलाई कानुनी अनुमति दिने गरी कानुन बनाउन प्रस्ताव गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०सँग संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या घटाउनुपर्ने धारणा राखेका हुन्।

बानियाँले प्रदेश सभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्थाले प्रदेशमा मन्त्रीहरूको संख्या बढी हुने गरेको बताए। त्यसका लागि संविधान नै संशोधन गरेर मन्त्रालयको संख्या सीमित गर्न सकिने धारणा राखेका थिए।

‘प्रधानमन्त्रीसँगको छलफलमा संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या सीमित गर्न सकिने धारणा राखेको छु,’ बैठकपछि बानियाँले भने, ‘प्रदेश सभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्थाले प्रदेशहरू आलोचित भइरहेकाले कानुन संशोधन गरेरै मन्त्रालयको संख्या सीमित गर्न आग्रह गरेको हुँ।’

मुख्यमन्त्री बानियाँले प्रदेशमा मन्त्रालयको संख्या घटाउँदा प्रशासनिक खर्च पनि कम हुने बताएका थिए। उनले बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यसहित मन्त्रालयको संख्या घटाएर सातमा सीमित गर्ने तयारी गरेको जानकारी गराए।

‘प्रदेश सरकारलाई सानो र प्रभावकारी बनाउन मन्त्रालय संख्या घटाउने पहल गरेको विषय पनि प्रधानमन्त्रीज्यूलाई जानकारी गराएको छु,’ उनले भने।

यस्तै, मुख्यमन्त्री बानियाँले छलफलका क्रममा औषधीय प्रयोगका लागि गाँजाको उत्पादन र प्रयोगलाई कानुनी व्यवस्था गरेर अनुमति दिनुपर्ने प्रस्ताव पनि राखेका छन्। उनले गाँजामा औषधीय गुण भएकाले नियमनसहित यसको प्रयोगलाई वैधानिक बनाउने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

‘सिंहदरबार वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग भइरहेको छ। त्यसैले कानुनी व्यवस्था गरेर यसको औषधीय उपयोगलाई व्यवस्थित रूपमा अघि बढाउन सकिने धारण मैले प्रधानमन्त्रीसमक्ष राखेको छु,’ उनले भने।

उनले प्रारम्भिक चरणमा मकवानपुरलगायत केही जिल्लालाई ‘पकेट क्षेत्र’ बनाएर संघ, प्रदेश र स्थानीय तहको समन्वयमा नियमन र अनुगमनसहित गाँजाको औषधीय प्रयोग सुरु गर्न सकिने सुझाव दिएको जानकारी दिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...