प्रदेशमा मन्त्रालय संख्या घटाउन र गाँजाको औषधीय प्रयोगलाई अनुमति दिन मुख्यमन्त्री बानियाँको प्रस्ताव

३ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउन र औषधीय उपयोगिताका लागि गाँजाको प्रयोगलाई कानुनी अनुमति दिने गरी कानुन बनाउन प्रस्ताव गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलमा मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०सँग संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या घटाउनुपर्ने धारणा राखेका हुन्।

बानियाँले प्रदेश सभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्थाले प्रदेशमा मन्त्रीहरूको संख्या बढी हुने गरेको बताए। त्यसका लागि संविधान नै संशोधन गरेर मन्त्रालयको संख्या सीमित गर्न सकिने धारणा राखेका थिए।

‘प्रधानमन्त्रीसँगको छलफलमा संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या सीमित गर्न सकिने धारणा राखेको छु,’ बैठकपछि बानियाँले भने, ‘प्रदेश सभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्थाले प्रदेशहरू आलोचित भइरहेकाले कानुन संशोधन गरेरै मन्त्रालयको संख्या सीमित गर्न आग्रह गरेको हुँ।’

मुख्यमन्त्री बानियाँले प्रदेशमा मन्त्रालयको संख्या घटाउँदा प्रशासनिक खर्च पनि कम हुने बताएका थिए। उनले बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यसहित मन्त्रालयको संख्या घटाएर सातमा सीमित गर्ने तयारी गरेको जानकारी गराए।

‘प्रदेश सरकारलाई सानो र प्रभावकारी बनाउन मन्त्रालय संख्या घटाउने पहल गरेको विषय पनि प्रधानमन्त्रीज्यूलाई जानकारी गराएको छु,’ उनले भने।

यस्तै, मुख्यमन्त्री बानियाँले छलफलका क्रममा औषधीय प्रयोगका लागि गाँजाको उत्पादन र प्रयोगलाई कानुनी व्यवस्था गरेर अनुमति दिनुपर्ने प्रस्ताव पनि राखेका छन्। उनले गाँजामा औषधीय गुण भएकाले नियमनसहित यसको प्रयोगलाई वैधानिक बनाउने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

‘सिंहदरबार वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग भइरहेको छ। त्यसैले कानुनी व्यवस्था गरेर यसको औषधीय उपयोगलाई व्यवस्थित रूपमा अघि बढाउन सकिने धारण मैले प्रधानमन्त्रीसमक्ष राखेको छु,’ उनले भने।

उनले प्रारम्भिक चरणमा मकवानपुरलगायत केही जिल्लालाई ‘पकेट क्षेत्र’ बनाएर संघ, प्रदेश र स्थानीय तहको समन्वयमा नियमन र अनुगमनसहित गाँजाको औषधीय प्रयोग सुरु गर्न सकिने सुझाव दिएको जानकारी दिए।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...