Day: २०८२, २२ भाद्र आईतवार २१:३४

भ्रष्टाचार, असमानता विरुद्ध जेनजीले सोमबार हेटौँडामा पनि प्रदर्शन गर्ने

भ्रष्टाचार, असमानता विरुद्ध जेनजीले सोमबार हेटौँडामा पनि प्रदर्शन गर्ने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
२२ भदौ, हेटौंडा । भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित जेनजी समूहले सोमबार हेटौंडामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । आयोजकहरूका अनुसार बिहान १० बजे नगरपालिका रोडदेखि बुद्धचोकसम्म र्याली निकाल्ने कार्यक्रम तय गरिएको छ । हेटौंडामा बसेको जेनजी युवाहरूको बैठकले सो कार्यक्रम पारित गरेको हो । प्रदर्शनमा विद्यार्थी र युवाको उल्लेख्य सहभागिता हुने दाबी गरिएको छ । आयोजकहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई शान्ति–सुरक्षाको व्यवस्थापनका लागि औपचारिक अनुरोधसमेत गरेका छन् । करिब ३–४ सयभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ । हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन् । टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो । टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ चर्चामा छ, जसमा नेताका छोराछोरीको आलिशान ...

चेपाङ संस्कृति संरक्षणमा प्रदेश सरकार तत्पर स् मन्त्री श्रेष्ठ

Breaking News 2, कैलास, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, मनहरी, राक्सिराङ्ग, राजनीति, समाचार
२२ भदौ, चितवन । बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध रहने बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती जस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन दिए । ‘हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइ दिँदैनन । त्यसैले यसलाई जीवित राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नेछ,’ मन्त्री श्रेष्ठले भने । उनले चेपाङ समुदायको भाषा संकटमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै ८४ हजारभन्दा बढी जनसंख्या भएको समुदायमध्ये आधाभन्दा कमले मात्र मातृभाषा बुझ्ने तथ्य गम्भीर रहेको उल्लेख गरे । ‘यो पहिचान जोगाउन मन्त्रालय निरन्तर सहयोग गर्...
न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ सङ्घद्वारा दीप प्रज्वल

न्वागी पर्वको पूर्वसन्ध्यामा नेपाल चेपाङ सङ्घद्वारा दीप प्रज्वल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२१ भदौ, हेटौंडा  । चेपाङ समुदायको मौलिक पर्व न्वागीको पूर्वसन्ध्यामा नेपाल चेपाङ सङ्घले शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६, कालीखोलामा आयोजना गरिएको हो । उक्त अवसरमा नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले न्वागी पर्वले चेपाङहरूको संस्कृति र परम्परा संरक्षणमा ठूलो योगदान पु¥याउने बताए । उनका अनुसार पर्वको अवसरमा चेपाङ समुदायका प्रत्येक घरमा आज प्रज्वलित दीपले यश समुदायका मानिसहरूमा एकता र भातृत्व बिकास गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । अघिल्लो वर्ष धादिङमा आयोजना गरिएको पर्व यस वर्ष चितवनको इच्छा कामना गाउँपालिकामा आयोजना हुदैछ । संघका अध्यक्ष गोबिन्द चेपाङका अनुसार आगामी वर्ष मकवानपुरको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज