२२ भदौ, हेटौंडा । भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित जेनजी समूहले सोमबार हेटौंडामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । आयोजकहरूका अनुसार बिहान १० बजे नगरपालिका रोडदेखि बुद्धचोकसम्म र्याली निकाल्ने कार्यक्रम तय गरिएको छ ।
हेटौंडामा बसेको जेनजी युवाहरूको बैठकले सो कार्यक्रम पारित गरेको हो । प्रदर्शनमा विद्यार्थी र युवाको उल्लेख्य सहभागिता हुने दाबी गरिएको छ । आयोजकहरूले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई शान्ति–सुरक्षाको व्यवस्थापनका लागि औपचारिक अनुरोधसमेत गरेका छन् । करिब ३–४ सयभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ ।
हालै सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवाहरू आक्रोशित बनेका छन् । टिकटक भने खुला रहेकाले त्यही प्लेटफर्ममार्फत आन्दोलनको घोषणा गरिएको हो । टिकटकमा ‘नेपो बेबी ट्रेण्ड’ चर्चामा छ, जसमा नेताका छोराछोरीको आलिशान जीवनशैलीमाथि प्रश्न उठाइएका छन् । ‘करप्ट पोलिटिसियन चाइल्ड’ शीर्षकमा हजारौं भिडियो बनेका छन्, जसले आन्दोलनलाई थप गति दिएको छ ।
आयोजकहरूका अनुसार, सोमबारदेखि देशभर जेनजी नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलनलाई तीव्र बनाइनेछ । हेटौंडाको प्रदर्शन त्यसै अभियानको हिस्सा हुनेछ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।