२१ भदौ, हेटौंडा । चेपाङ समुदायको मौलिक पर्व न्वागीको पूर्वसन्ध्यामा नेपाल चेपाङ सङ्घले शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६, कालीखोलामा आयोजना गरिएको हो ।
उक्त अवसरमा नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले न्वागी पर्वले चेपाङहरूको संस्कृति र परम्परा संरक्षणमा ठूलो योगदान पु¥याउने बताए । उनका अनुसार पर्वको अवसरमा चेपाङ समुदायका प्रत्येक घरमा आज प्रज्वलित दीपले यश समुदायका मानिसहरूमा एकता र भातृत्व बिकास गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
नेपालका ६ जिल्लामा बसोबास गर्दै आएका चेपाङ समुदायले पालैपालो न्वागी पर्व विशेष रुपमा मनाउँदै आएका छन् । अघिल्लो वर्ष धादिङमा आयोजना गरिएको पर्व यस वर्ष चितवनको इच्छा कामना गाउँपालिकामा आयोजना हुदैछ ।
संघका अध्यक्ष गोबिन्द चेपाङका अनुसार आगामी वर्ष मकवानपुरको राक्सिराङ गाउँपालिकामा न्वागी पर्व मनाइनेछ ।
दीप प्रज्वलन कार्यक्रममा संघका महासचिव सन्तबहादुर चेपाङ, केन्द्रीय सदस्य लक्ष्मण चेपाङ र दीपा चेपाङ, बागमती प्रदेश सदस्य मनिका चेपाङ, चितवन जिल्ला अध्यक्ष भीम चेपाङ, इच्छाकामना गाउँपालिका अध्यक्ष विकास चेपाङ, निवर्तमान वडाध्यक्ष भूपेन्द्र चेपाङलगायत स्थानीय समुदायको उपस्थिति थियो।
न्वागी पर्वको मुख्य दिन भोलि (शनिबार) नेपाल चेपाङ सङ्घको आयोजनामा कालीखोलामै विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने अध्यक्ष गोबोन्द चेपाङले जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।