
खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता
११ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्नका लागि वाइन टु वाटर नेपाल९डब्लुडब्लुएन०सँग सम्झौता गरेको छ । गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा स्वच्छता सेवा नपुगेका समूदाय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा वास परियोजना कार्यान्वयन गरिने अध्यक्ष मुक्तानले बताए । विपन्न, पहुँच नपुगेका, गरिक तथा उपेक्षित घरधुरीहरुलाई आधारभूत तथा मानव अभिकारको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छताको पहुँचमा योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको अध्यक्ष मुक्तानले बताए ।
तीन वर्षका लागि हामीले सम्झौता गरेका छौ, उहाँहरुले घरपरिवार, विद्यालय र स...