प्रहरीको साथबाट लुटिएको पेस्तोल भेटियो

१९ चैत, हेटौँडा । मकवानपुरको कैलाशबाट लुटिएको प्रहरीको पेस्तोल भेटिएको छ । मकवानपुर प्रहरीले उक्त पेस्तोल कैलाश गाउँपालिका वडा नम्बर १ स्थित वोलने लेकको जंगलमा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार लागूऔषध कारोबारीले प्रहरीबाट लुटेर लगेको पेस्तोल फालेको अवस्थामा गोलीसहित भेटिएको हो । कैलाश गाउँपालिका–६ दुम्सीखर्कस्थित जंगलमा लागूऔषध कारोबारीले सोमबार प्रहरीको साथबाट ७ राउन्ड गोली लोड भएको टाइप–५४ को पेस्तोल लुटेर भागेका थिए ।
पेस्तोल लुटेरा र पेस्तोलको खोजीमा प्रवक्ता अर्यालकै नेतृत्वमा ६५ जना प्रहरी सोमबार बेलुकादेखि परिचालन गरिएको थियो ।

अफिमको कारोबार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती कैलाश गाउँपालिका–६ दुम्सीखर्कको जंगलमा पुग्दा २ केजी अफिम र मोटरसाइकल छाडेर कारोबारी भागेका थिए ।

अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालय पालुङतर्फ आउने क्रममा दुम्सीखर्कनजिकै अफिम कारोवारीसहितको १५ जना जतिको समूहले घेरा हालेर प्रहरीलाई कुटपिटसमेत गरेर पेस्तोल लुटेर भागेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...