Day: April 1, 2025

प्रहरीको साथबाट लुटिएको पेस्तोल भेटियो

प्रहरीको साथबाट लुटिएको पेस्तोल भेटियो

Breaking News 2, कैलास, ताजा अपडेट, समाचार
१९ चैत, हेटौँडा । मकवानपुरको कैलाशबाट लुटिएको प्रहरीको पेस्तोल भेटिएको छ । मकवानपुर प्रहरीले उक्त पेस्तोल कैलाश गाउँपालिका वडा नम्बर १ स्थित वोलने लेकको जंगलमा भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार लागूऔषध कारोबारीले प्रहरीबाट लुटेर लगेको पेस्तोल फालेको अवस्थामा गोलीसहित भेटिएको हो । कैलाश गाउँपालिका–६ दुम्सीखर्कस्थित जंगलमा लागूऔषध कारोबारीले सोमबार प्रहरीको साथबाट ७ राउन्ड गोली लोड भएको टाइप–५४ को पेस्तोल लुटेर भागेका थिए । पेस्तोल लुटेरा र पेस्तोलको खोजीमा प्रवक्ता अर्यालकै नेतृत्वमा ६५ जना प्रहरी सोमबार बेलुकादेखि परिचालन गरिएको थियो । अफिमको कारोबार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती कैलाश गाउँपालिका–६ दुम्सीखर्कको जंगलमा पुग्दा २ केजी अफिम र मोटरसाइकल छाडेर कारो...
बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

बागमतीमा आउने वर्ष ४ दिन बिदा थप

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१९ चैत, हेटौँडा । नेपाल सरकारले दिने सर्वाजनिक विदामा बागमती प्रदेश सरकारले आउने वर्ष २०८२ का लागि प्रदेश भित्र ४ दिन थप सर्वाजनिक विदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले निर्णय गरेका वाहेक थप ४ दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज लामिछानेले जानकारी दिए । उनका अनुसार विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी नेपाल सरकारले दिने बिदा बाहेक ४ दिनको बिदा थप गरिएको हो । उक्त निर्णयसंगै विगतमा पर्व र दिवस विषेशमा बिदा दिन मन्त्रिपरिषदको बैठक बस्नु पर्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी प...