कैलाशका बाल विकास शिक्षकलाई मन्टेश्वरी तालिम सुरु

१३ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास शिक्षकहरुका लागि चार दिने मन्टेश्वरी तालिम मंगलबारबाट सुरु भएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको हो ।

कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष ठकुरीले बालविकासका शिक्षकको कार्यक्षमतामा वृद्धि हुने ध्येयका साथ तालिम सञ्चालन गरिएको बताए । यो दोस्रो पटकको तालिम हो सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै उनले सुरुवातको सिकाइ नै गाह्रो सिकाई हो, त्यसलाई आत्मसाथ गर्दै आइरहनु भएको अवस्थामा यहाँहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

शिक्षा क्षेत्रमा हामी अलि पछाडि परेको अवस्थामा सिकाई र क्षमता वृद्धिको लागि पालिकाले तालिमको आयोजना गरिएको उपाध्यक्ष ठकुरीले बताए । उनले बालविकास केन्द्रमा सेवा सुविधा कम भए पनि सेवारत रहने शिक्षकहरुको प्रशंशा गर्दै अनवरत रुपमा कामले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशीले बालविकास शिक्षकको वृद्धिविकास र पेशागत विकासका लागि तालिम सञ्चालन गरिएको बताए । चार वर्ष पुग्नुअघि बालबालिकालाई १ वर्ष ज्ञान दिने स्थान नै बालविकास केन्द्र रहेको बताउँदै कक्षा १ पढ्नको लागि आवश्यक ज्ञान दिन मन्टेश्वरी सञ्चालन गरिएको जोशीले बताए ।
विद्यालयकै आधारशीला बालविकास केन्द्र हो, बालमैत्री र सिकाईमैत्री वातावरणमा बालबालिकालाई अध्यापन गराउनु पर्ने शिक्षकहरुको दायित्व रहेको जोशीले बताए ।

१६ गते सम्म सञ्चालन हुने तालिममा ४० वटा बाल विकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको छ । चार दिने तालिमलाई प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठले सहजीकरण गर्ने छन् ।

कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्रशिक्षकद्धय रजनी श्रेष्ठ र रश्मी श्रेष्ठ, शिक्षक स्रोत व्यक्ति धुव्रराज विष्ठ, प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज