चेपाङ बाहुल्य राक्सिराङका सबै वडामा बिजुली पुग्यो

११ चैत, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन् । सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पु¥याइएको हो । गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत् सेवा पु¥याइएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबिच राक्सिराङ गाउँपालिका–९, खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । उनले राक्सिराङ–९ खैराङकी टुलकुमारी प्रजाको घरको विद्युतको मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् ।

टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत् सेवा पुगेको हो । मकवानपुरकै दुर्गम खैराङमा ०७६÷७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो ।

गाउँपालिकाले आफ्नै स्रोतमा सञ्चालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रममार्फत सम्पन्न गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उनका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडाहरूमा बत्ती पु¥याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो ।

सोपश्चात् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत् कार्यक्रममार्फत ३० करोड रुपैयाँमार्फत अभियानलाई अघि बढाएको उनको भनाइ छ । उक्त कार्यक्रममार्फत सबै वडामा विद्युतको पहुँच पुगे पनि अझै सबै नागरिकको पहुँचमा विद्युत् सेवा पु¥याउन बाँकी रहेको उनले बताए ।

उक्त अभियानअन्तर्गत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३३० वटा विद्युत् मिटर राक्सिराङमा विभिन्न वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए । ०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ती काट्नेभन्दा उज्यालो पार्ने संस्थाको रूपमा विकास भइरहेको बताए। नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनले बताए । लोडसेडिङ अन्त्यसँगै विद्युत् निर्यात गर्ने काम भइरहेको बताए। हाल आयातको तुलनमा निर्यातको दर वृद्धि भइरहेको उनको भनाइ छ ।

उनले देशमा विद्युत् सेवा नपुगेको ठाउँ प्राधिकरणले खोजी गरिरहेका बताए। हरेक नागरिकको पहुँचमा विद्युत् सेवा पु¥याउन करोडौँ खर्च गर्न तयार रहेको उनले बताए । प्राधिकरणले तत्कालीन समयमा लोडसेडिङ अन्त्यभन्दा पनि विद्युतको पहुँच पु¥याउन महत्त्वपूर्ण दायित्वको रूपमा लिएर काम गरिरहेको उनको भनाइ छ ।

सरकारको दायित्व पूरा गर्न आफूले प्राधिकरणमार्फत नेतृत्व लिएको उनले बताए । उनका अनुसार २०७३ मा आफूले प्राधिकरणको नेतृत्व लिँदा ५८ प्रतिशत नागरिक विद्युतको पहुँच पुगेको र हाल ९९ प्रतिशत नागरिकमा ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको उनले दाबी गरे । उनले राक्सिराङको सबै नागरिकको घरमा वर्षायामअघि नै विद्युत् पु¥याउन मातहतका कार्यालयलाई निर्देशनसमेत दिए ।

बजेट तथा अन्य आवश्यक व्यवस्थापन गर्न प्राधिकरण तयार रहेको र हाल नपुगेका स्थानमा विद्युतीकरण गर्न ८ करोड रुपैयाँमा ठेक्का लागेको र काम सुरु गरी सम्पन्न गर्न पनि उनले आग्रह गरे । गरिबलाई निःशुल्क मिटर वितरण गर्ने तथा न्यूनतम महसुल तिर्न परेको समस्या हल गर्न प्राधिकरणले पहल गर्ने उनले बताए । कार्यकारी निर्देशक घिसिङका अनुसार गरिब विपन्नका साथै सिँचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत् महसुलमा सहुलियत दिइएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...