चेपाङ बाहुल्य राक्सिराङका सबै वडामा बिजुली पुग्यो

११ चैत, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन् । सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पु¥याइएको हो । गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत् सेवा पु¥याइएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबिच राक्सिराङ गाउँपालिका–९, खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । उनले राक्सिराङ–९ खैराङकी टुलकुमारी प्रजाको घरको विद्युतको मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् ।

टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत् सेवा पुगेको हो । मकवानपुरकै दुर्गम खैराङमा ०७६÷७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो ।

गाउँपालिकाले आफ्नै स्रोतमा सञ्चालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रममार्फत सम्पन्न गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उनका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडाहरूमा बत्ती पु¥याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो ।

सोपश्चात् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत् कार्यक्रममार्फत ३० करोड रुपैयाँमार्फत अभियानलाई अघि बढाएको उनको भनाइ छ । उक्त कार्यक्रममार्फत सबै वडामा विद्युतको पहुँच पुगे पनि अझै सबै नागरिकको पहुँचमा विद्युत् सेवा पु¥याउन बाँकी रहेको उनले बताए ।

उक्त अभियानअन्तर्गत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३३० वटा विद्युत् मिटर राक्सिराङमा विभिन्न वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए । ०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ती काट्नेभन्दा उज्यालो पार्ने संस्थाको रूपमा विकास भइरहेको बताए। नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनले बताए । लोडसेडिङ अन्त्यसँगै विद्युत् निर्यात गर्ने काम भइरहेको बताए। हाल आयातको तुलनमा निर्यातको दर वृद्धि भइरहेको उनको भनाइ छ ।

उनले देशमा विद्युत् सेवा नपुगेको ठाउँ प्राधिकरणले खोजी गरिरहेका बताए। हरेक नागरिकको पहुँचमा विद्युत् सेवा पु¥याउन करोडौँ खर्च गर्न तयार रहेको उनले बताए । प्राधिकरणले तत्कालीन समयमा लोडसेडिङ अन्त्यभन्दा पनि विद्युतको पहुँच पु¥याउन महत्त्वपूर्ण दायित्वको रूपमा लिएर काम गरिरहेको उनको भनाइ छ ।

सरकारको दायित्व पूरा गर्न आफूले प्राधिकरणमार्फत नेतृत्व लिएको उनले बताए । उनका अनुसार २०७३ मा आफूले प्राधिकरणको नेतृत्व लिँदा ५८ प्रतिशत नागरिक विद्युतको पहुँच पुगेको र हाल ९९ प्रतिशत नागरिकमा ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको उनले दाबी गरे । उनले राक्सिराङको सबै नागरिकको घरमा वर्षायामअघि नै विद्युत् पु¥याउन मातहतका कार्यालयलाई निर्देशनसमेत दिए ।

बजेट तथा अन्य आवश्यक व्यवस्थापन गर्न प्राधिकरण तयार रहेको र हाल नपुगेका स्थानमा विद्युतीकरण गर्न ८ करोड रुपैयाँमा ठेक्का लागेको र काम सुरु गरी सम्पन्न गर्न पनि उनले आग्रह गरे । गरिबलाई निःशुल्क मिटर वितरण गर्ने तथा न्यूनतम महसुल तिर्न परेको समस्या हल गर्न प्राधिकरणले पहल गर्ने उनले बताए । कार्यकारी निर्देशक घिसिङका अनुसार गरिब विपन्नका साथै सिँचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत् महसुलमा सहुलियत दिइएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...