
चेपाङ बाहुल्य राक्सिराङका सबै वडामा बिजुली पुग्यो
११ चैत, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन् । सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पु¥याइएको हो । गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत् सेवा पु¥याइएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबिच राक्सिराङ गाउँपालिका–९, खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । उनले राक्सिराङ–९ खैराङकी टुलकुमारी प्रजाको घरको विद्युतको मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् ।
टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत् सेवा पुगेको हो । मकवानपुरकै दुर्गम खैराङमा ०७६÷७७ देखि ...