
चेपाङ आवास निर्माणका लागि कैलाशका ६ जना लाभग्राहीले गरे सम्झौता
१२ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारको चेपाङ अवास कार्यक्रम अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिकामा चेपाङ समुदायका ६ जनाले आवास निर्माणको लागि सम्झौता गरेका छन् ।
सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठकले लाभग्राही रहेका चेपाङ समुदयाका ६ जनाले सम्झौता गरेका हुन् । बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो । लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्ड अनुरुप घर बनाउनु भन्दै गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
सम्झौता गर्ने काम नगर्ने कसैलाई छुट नभएके भन्दै उनले आफु बस्ने गरी आवास बनाउन आग्रह गरे । ‘राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो । काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्छ, उलने भने, ‘राज्यको लगानी सदुपय...