चेपाङ आवास निर्माणका लागि कैलाशका ६ जना लाभग्राहीले गरे सम्झौता

१२ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारको चेपाङ अवास कार्यक्रम अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिकामा चेपाङ समुदायका ६ जनाले आवास निर्माणको लागि सम्झौता गरेका छन् ।

सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठकले लाभग्राही रहेका चेपाङ समुदयाका ६ जनाले सम्झौता गरेका हुन् । बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो । लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्ड अनुरुप घर बनाउनु भन्दै गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।

सम्झौता गर्ने काम नगर्ने कसैलाई छुट नभएके भन्दै उनले आफु बस्ने गरी आवास बनाउन आग्रह गरे । ‘राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो । काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्छ, उलने भने, ‘राज्यको लगानी सदुपयोग हुने गरी आफै बस्नका लागि आवास बनाउ ।’

प्रदेश सरकारले कार्यविधि बनाएरै बस्ती तथा आवास निर्माण कार्य सुरु गरेको छ । सिफारिस माग भए बमोजिम चालु आवमा कैलाश गाउँपालिकाको वडा नम्बर ३ का तीन जना र वडा नम्बर ४ का तीन जना गरी ६ जनाको नाम सिफारिस भएको अध्यक्ष मुक्तानले जानकारी दिए । यसअघि गत आवमा २५ जनाले सम्झौता गरेको थिए ।

अध्यक्ष मोक्तानका अनुसार लाभग्राहीले १२÷१२ को दुई कोठे घर निर्माण गर्नुपर्ने मापदण्ड रहेको कैलाशका फोकल पर्सन सुर्दशन दवाडीले जानकारी दिए । दुई कोठे भवन सँगै सम्झौता अनुरुप शौचालय समेत निर्माण गरिनुपर्ने उनको भनाई छ । उनले लाभग्रहीले तीन किस्तामा गरी तीन लाख ८४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...