कैलाशमा अध्यक्ष कप फुटबल सुरु, उद्घाटन खेलमा वडा नम्बर ७ र ४ विजयी

१४ फागुन, हेटौँडा । बुधबारबाट सुरु भएको कैलाश गाउँपालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ र ७ ले विजयी सुरुवात गरेका छन् । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

वडा नम्बर ९ नामटारमा रहेको खेलमैदानमा भएको उद्घाटन खेलमा ७ नम्बर वडाले वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । वडा नम्बर ७ को जितका लागि सन्तोष मुक्तान र सागर चेपाङले समान एक एक गोल गरे । यस्तै वडा नम्बर १ का तर्फबाट शिशिर नेगीले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ट्रफि प्रदान गरेका थिए ।

यस्तै बुधबार नै भएको वडा नम्बर २ र ४ बीचको खेलमा वडा नम्बर ४ विजयी भएको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णण टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा वडा नम्बर ४ ले २ लाई ५–४ गोल अन्तरले पराजित ग¥यो । दोस्रो खेलको म्यान अफ द म्याच वडा नम्बर ४ का गोलरक्षक सबल प्रजा घोषित भए ।

नकआउट चरणमा खेलाईएको खेलमा विहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा नम्बर १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ५ र ३ बीच हुने छ । यस्तै तेस्रो खेल वडा नम्बर ७ र ९ बीच हुँदा चौथो खेल वडा नम्बर ४ र ८ बीच हुने समितिका संयोजक मोहन वाईवाले जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा नम्बर ३ का अध्यक्ष देवलाल बल, वडा नम्बर ७ का अध्यक्ष उदास कुमार भोलन, वडा नम्बर ९ का अध्यक्ष भुवन घलान लगायतको अतिथ्यता रहेको थियो ।

मैत्रीपूर्ण खेलमा कैलाश विजयी
यस्तै बुधबार नै कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कार्यरत कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कैलाश गाउँपालिका विजयी भएको छ । कैलाश गाउँपालिकाको आयोजनामा भएको खेलमा १–० गोल अन्तरले कैलाश विजयी भएको हो ।

कैलाशका रोजगार संयोजक हस्तराम नेगीले गरेको गोलनै निर्णायक बन्यो । विजेतालाई ट्रफि र मेडल, उपविजेतालाई मेडल प्रदान गरिएको थियो । मैत्रीपूर्ण फुटबलमा खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता गराइएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, मकवानपुरगढीका वरिष्ठ लेखा अधिकृत रामकृष्ण श्रेष्ठको नेतृत्वमा पालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...