कैलाशमा अध्यक्ष कप फुटबल सुरु, उद्घाटन खेलमा वडा नम्बर ७ र ४ विजयी

१४ फागुन, हेटौँडा । बुधबारबाट सुरु भएको कैलाश गाउँपालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ र ७ ले विजयी सुरुवात गरेका छन् । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

वडा नम्बर ९ नामटारमा रहेको खेलमैदानमा भएको उद्घाटन खेलमा ७ नम्बर वडाले वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । वडा नम्बर ७ को जितका लागि सन्तोष मुक्तान र सागर चेपाङले समान एक एक गोल गरे । यस्तै वडा नम्बर १ का तर्फबाट शिशिर नेगीले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ट्रफि प्रदान गरेका थिए ।

यस्तै बुधबार नै भएको वडा नम्बर २ र ४ बीचको खेलमा वडा नम्बर ४ विजयी भएको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णण टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा वडा नम्बर ४ ले २ लाई ५–४ गोल अन्तरले पराजित ग¥यो । दोस्रो खेलको म्यान अफ द म्याच वडा नम्बर ४ का गोलरक्षक सबल प्रजा घोषित भए ।

नकआउट चरणमा खेलाईएको खेलमा विहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा नम्बर १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा नम्बर ५ र ३ बीच हुने छ । यस्तै तेस्रो खेल वडा नम्बर ७ र ९ बीच हुँदा चौथो खेल वडा नम्बर ४ र ८ बीच हुने समितिका संयोजक मोहन वाईवाले जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा नम्बर ३ का अध्यक्ष देवलाल बल, वडा नम्बर ७ का अध्यक्ष उदास कुमार भोलन, वडा नम्बर ९ का अध्यक्ष भुवन घलान लगायतको अतिथ्यता रहेको थियो ।

मैत्रीपूर्ण खेलमा कैलाश विजयी
यस्तै बुधबार नै कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कार्यरत कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कैलाश गाउँपालिका विजयी भएको छ । कैलाश गाउँपालिकाको आयोजनामा भएको खेलमा १–० गोल अन्तरले कैलाश विजयी भएको हो ।

कैलाशका रोजगार संयोजक हस्तराम नेगीले गरेको गोलनै निर्णायक बन्यो । विजेतालाई ट्रफि र मेडल, उपविजेतालाई मेडल प्रदान गरिएको थियो । मैत्रीपूर्ण फुटबलमा खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता गराइएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, मकवानपुरगढीका वरिष्ठ लेखा अधिकृत रामकृष्ण श्रेष्ठको नेतृत्वमा पालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज