पर्यटन प्रवर्दनका लागी कैलाशमा जिपलाइन निर्माण, पहिलोचरणको परीक्षण सम्पन्न

२१ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै लगानीमा जिपलाइन निर्माण गरेपछि यहाँ घुम्न आउने पर्यटकले जिपलाइनको मज्जा लिन पाउने भएका छन् । गाउँपालिकाले यहाँका दुई प्रमुख धार्मिक एवं पर्यटकीय स्थल कैलाश र वैकुण्ठलाई जोड्ने गरी जिपलाइन निर्माण गरेको हो ।

जिपलाइन निर्माणपछि यहाँ घुम्न आउने पर्यटकले दुई फरक स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थल घुम्न सहजता हुनुका साथै सहासिक पर्यटनको मज्जा लिन सक्ने भएका छन् । साहसिक पर्यटन गर्न रुचाउने पर्यटकका लागि जिपलाइनले थप आकर्षित गर्ने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानको विश्वास छ ।

गाउँपालिकाले जिपलाइनको शनिबार पहिलो चरणको परीक्षणसमेत गरेको छ । पालिकास्तरबाटै निर्माण भएको पहिलो जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले परीक्षण गरेको हो । पहिलो चरणमा ब्रेकिङ सिस्टम ९सोलोप०सम्बन्धी कार्यको परीक्षण गरिएको जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको परीक्षणपछि जिपलाइन सञ्चालनमा ल्याउन सकिनेछ ।

गाउँपालिका अध्यक्ष मोक्तानले एक हजार दुई सय मिटर लामो जिपलाइनको निर्माण कार्य सन्ध्या निर्माण सेवाले गरेको जानकारी दिए । उनका अनुसार जिपलाइन ८८ लाख ५६ हजार सात सय ६१ रुपैयाँमा निर्माण गरिएको हो । निर्माणस्थल भौगोलिक रूपमा विकट भए पनि निर्माण कम्पनीले तोकिएको समय ०८१ फागुन मसान्तभित्रै जिपलाइन निर्माणको काम सम्पन्न गरेको उनको भनाइ छ ।

पालिकाको बहुवर्षीय योजनाअन्तर्गत निर्माण सम्पन्न भएको जिपलाइनको दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम ९हारनेस० र तार निर्माण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए । उनले जिपलाइन निर्माण सम्पन्न भए पनि अन्य भौतिक निर्माणको काम बाँकी रहेकाले जिपलाइनको पूर्ण सञ्चालनका लागि भने केही समय लाग्ने बताए ।

जिपलाइन सञ्चालनपछि छिमेकी जिल्ला धादिङको रोराङ, बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरको हेटौँडा, थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकालगायतका स्थानबाट पर्यटक आउने विश्वास लिइएको वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए ।

उनले धादिङसँग सिमाना जोडिएकाले बेनीघाट, थाहानगर र मनहरी बजारलगायतका क्षेत्रबाट जिपलाइन स्थलसम्म पुग्न करिब ३३ किलोमिटरको यात्रा गर्नुपर्ने जानकारी दिए । जिपलाइनसँगै वैकुण्ठमा घुम्न धार्मिकस्थलसँगै पर्यटकीय पार्कसमेत निर्माण भइसकेको अध्यक्ष घिसिङले बताए ।
साभारः नयाँ पत्रिकाबाट

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...