Day: March 5, 2025

शालनाल सहितको नवजात शिशु(छोरी)को शव फेला

शालनाल सहितको नवजात शिशु(छोरी)को शव फेला

ताजा अपडेट, मनहरी, समाचार
२१ फागुन, हेटौंडा । मकवानपुरको मनहरीमा शालनाल सहितको नवजात शिशु (छोरी)को शव फेला परेको छ । मंगलबार राति मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित डम्पिङसाईटमा शालनाल सहितको नवजात शिशु (छोरी)को शव फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार स्थानीयले शिशुको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनले एकदुई दिन अघिमात्रै जन्माएर फालेको हुनसक्ने जस्तो देखिएको बताए । स्थानीयको खबर पछि इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलील घटनाको अनुसन्धान गरिरहेको प्र्रहरी प्रवक्त अर्यालले जानकारी दिए ।...
आजबाट मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुँदै

आजबाट मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुँदै

अर्थ, खेलकुद, ताजा अपडेट, मनहरी, मनोरञ्जन, समाचार
२१ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा भोली बुधबारदेखि खेलकुद तथा व्यापार महोत्सव सुरु हुँदैछ । मनहरी गाउँपालिका खेलकुद विकास समितिको आयोजना, एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन तथा मनहरी गाउँपालिका कार्यालयको संरक्षकत्वमा पहिलो पटक खेलकुद तथा व्यापार महोत्सवको आयोजना हुन लागेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । मनहरी गाउँपालिका ७ र ८ नम्बर वडाको खेल मैदानमा खेलकुदका प्रतियोगिता हुनेछ भने सिमपानी खेल मैदानमा महोत्सव सञ्चालन हुनेछ । चैत्र ४ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पूरा भएको खेलकुद विकास समिति मनहरीका अध्यक्ष विरु लामाले जानकारी दिए । खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्स अन्तर्गतको खेलको प्रतिस्पर्धा हुनेछ । फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशाला मनहरी ७ मा हुनेछ भने भलिबल गणेशधारा खेल ...
२२ गतेबाट हुने राष्ट्रिय भेट्रान्स कपको खेल तालिका सार्वजनिक

२२ गतेबाट हुने राष्ट्रिय भेट्रान्स कपको खेल तालिका सार्वजनिक

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२१ फागुन, हेटौँडा । २२ गते फागुनबाट हेटौँडामा हुने दशौं राष्ट्रिय भेट्रान्स कप एट ए साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा हुने प्रतियोगितामा १५ वटा टोली सहभागीता पक्का भएको छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता बानेश्वर फ्रेण्डसिप भेट्रान्स र वीरगञ्ज सिटीको बीचमा हुने आयोजक हेटौँडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रतीले जानकारी दिए । प्रतियोगितामा बानेश्वर र वीरगञ्ज सिटीसहित एविसी भेट्रान्स, भुटनदेवी भेट्रान्स खेलकुद विकास समिति, फ्रिडम फाइटर, चितवन, सिमरा, नागस्वती, बगर भाइखलक, किङकम, बुटवल, बौद्ध, वीरगञ्ज र हेटौँडा भेट्रान्स गरी १५ टिमको सहभागिता रहने भएको हो । २६ गतेसम्म हेटौँडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले एकलाख ५० हजार ५५५ र उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेल...
पर्यटन प्रवर्दनका लागी कैलाशमा जिपलाइन निर्माण, पहिलोचरणको परीक्षण सम्पन्न

पर्यटन प्रवर्दनका लागी कैलाशमा जिपलाइन निर्माण, पहिलोचरणको परीक्षण सम्पन्न

Breaking News 2, कैलास, ताजा अपडेट, समाचार
२१ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै लगानीमा जिपलाइन निर्माण गरेपछि यहाँ घुम्न आउने पर्यटकले जिपलाइनको मज्जा लिन पाउने भएका छन् । गाउँपालिकाले यहाँका दुई प्रमुख धार्मिक एवं पर्यटकीय स्थल कैलाश र वैकुण्ठलाई जोड्ने गरी जिपलाइन निर्माण गरेको हो । जिपलाइन निर्माणपछि यहाँ घुम्न आउने पर्यटकले दुई फरक स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थल घुम्न सहजता हुनुका साथै सहासिक पर्यटनको मज्जा लिन सक्ने भएका छन् । साहसिक पर्यटन गर्न रुचाउने पर्यटकका लागि जिपलाइनले थप आकर्षित गर्ने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानको विश्वास छ । गाउँपालिकाले जिपलाइनको शनिबार पहिलो चरणको परीक्षणसमेत गरेको छ । पालिकास्तरबाटै निर्माण भएको पहिलो जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्ट, इन्...