२२ गतेबाट हुने राष्ट्रिय भेट्रान्स कपको खेल तालिका सार्वजनिक

२१ फागुन, हेटौँडा । २२ गते फागुनबाट हेटौँडामा हुने दशौं राष्ट्रिय भेट्रान्स कप एट ए साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा हुने प्रतियोगितामा १५ वटा टोली सहभागीता पक्का भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल साविक विजेता बानेश्वर फ्रेण्डसिप भेट्रान्स र वीरगञ्ज सिटीको बीचमा हुने आयोजक हेटौँडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रतीले जानकारी दिए । प्रतियोगितामा बानेश्वर र वीरगञ्ज सिटीसहित एविसी भेट्रान्स, भुटनदेवी भेट्रान्स खेलकुद विकास समिति, फ्रिडम फाइटर, चितवन, सिमरा, नागस्वती, बगर भाइखलक, किङकम, बुटवल, बौद्ध, वीरगञ्ज र हेटौँडा भेट्रान्स गरी १५ टिमको सहभागिता रहने भएको हो ।
२६ गतेसम्म हेटौँडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले एकलाख ५० हजार ५५५ र उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष उप्रेतीले बताए ।
प्रतियोगितामा ४५ वर्ष उमेर समूह माथिका खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । २०७२ सालदेखि रोटरी क्लव अफ मकवानपुरसँगको सहकार्यमा सुरु भएको भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको अहिले दशौं संस्करण हुन लागेको हो । प्रतियोगिताको माध्यमबाट पूर्व खेलाडीको बीचमा सम्बन्ध विस्तार र भाइचाराको सम्बन्ध प्रगाढ बनाउनुको साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने प्रतियोगिता संयोजक मणिराज गौतमले विश्वस व्यक्त गरे ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...