कैलाशको केउरेनी–धुसा र पकनी पूर्ण सरसफाइ घोषणा

२४ जेठ, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ को केउरेनी(धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको छ। नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले दुवै वडाका केउरेनी–धुसा र पकनीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरेका हुन्।

उनले राज्यको एक घर एक धारा भन्ने नीतिअनुरूप नै गाउँपालिकाले साझेदार संस्थाहरूसँगको सहकार्यमा सरसफाइ र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको व्यवस्था गरिरहेको बताए। ‘हामीले अन्य वडाहरूमा पनि घोषणा गर्दै आइरहेका छौँ। सूचकहरू पूरा भएका अन्य क्षेत्रको घोषणाको तयारीमा छौँ,’ अध्यक्ष मुक्तानले भने।

दिगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनै पनि कसर नराखी काम गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे। उनले पानीका मुहानको बिमाका साथै संरक्षणका लागि गाउँपालिकाले नीति कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी पनि दिए। ‘मुहान संरक्षणमा समुदायको ठुलो हात रहन्छ। हामीले खानेपानी बोर्ड स्थापना गरी पालिकाभर दिगो रूपमा सञ्चालन हुने मुहानको पहिचान गरि संरक्षण गर्ने तयारी गरिसकेका छौँ,’ उनले भने।

वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केउरेनीधुसा क्षेत्रका ७८ र पकनीका ८७ घरधुरीमा धारा जडानसहित फिल्टरसमेत वितरण गरिएको छ। यसअघि कैलाशका विभिन्न वडाका ७ वटा क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिसकिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...