
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा
३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत आज सोमबार सार्वजनिक गरेको छ ।समितिले आज निकालेको सूचनामा जनाइए अनुसार बडादशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको उल्लेख छ । विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।
असोज ६ गते घटस्थापना गर्न बिहान ९ बजेर १३ मिनेटमा साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।...