प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा

५ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लागानीको प्रतिफल अनुसार प्रदेशका दुरदराजका नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि भएको दावी गरेका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा पछिल्लो समय महत्वपूर्ण उपलब्धी हासिल भइरहेको दावी गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठिको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिक लक्षित सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको बताए । उनले प्रदेश सरकारले ग्रामिण भेगका नागरिकको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउने गरी स्थानीय स्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतीमा काम गरेको बताए ।

‘प्रदेशका आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको पहँुच सुनिश्चितताका लागि जनशीक्त र स्वासथय उपकरणको व्यवस्थापन सहित गर्ने काम गरिरहेका छौं । स्थानीय स्तरका ५ स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्नेगरी प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘टेलिमेडिसिन मार्फत् प्रादेशिक अस्पताल र प्रदेशको प्रविधियुक्त स्वास्थ्य संस्थामा जोडेर दुरदराजका नागरिकलाई विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गर्ने तयारी भइरहेको छ ।’

मन्त्री थापाले मन्त्रालय स्वास्थ्य सेवामा पेपर लेस प्रविधिको प्रयोगमा अग्रसर भइरहेको पनि बताए । मन्त्रालयले नीति स्वास्थ्य संस्थाको दर्ता नविकरण लगायतका कार्य अनलान मार्फत् गर्नेगरी प्रविधिको प्रयोगमा ल्याएको उनको भनाइ छ । प्रदेश मातहतका विभिन्न अस्पतालहरुमा बिरामीको चाप व्यवस्थापन गर्न अनलाइन मार्फत् टिकट तथा रिपोर्ट लिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

बागमतीका स्वास्थ्य संस्थाहरु अनलाइनबाटै दर्ता तथा नविकरण गर्न सकिने
बागमती प्रदेशका नीजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुको दर्ता तथा नविकरण अबदेखि अनलाइनबाटै हुने भएको छ । उक्त व्यवस्थाको प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मंगलबार एक कार्यक्रमकाबीच सुभारम्भ गरेका हुन् ।

हेटौँडामा भएको मन्त्रालयको चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा गोष्ठि तथा आगामी आवको योजना तर्जुमा गोष्ठिको अवसरमा मन्त्री थापाले प्रदेशका १३ वटै जिल्लामा सञ्चालित नीजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुको दर्ता, नवीकरण र स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने व्यवस्थाको सुभारम्भ गरेका हुन् ।
मन्त्रालयले निजीस्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण र स्तरोन्नति हुनु अगाडि सम्बन्धित निकायबाट हुने अनुगमनमा आर्थिक चलखेलको आरोप लागेपछि अनलाइनबाटै आवेदन दिने गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

मन्त्री थापाले देशभरमा नै पहिलो पटक प्रदेश सरकारले प्रदेशभित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नवीकरण र स्तरोन्नतिका लागि अनलाइन सेवा सुरु गरेको जानकारी दिए । उनले अनलाइनबाट आवदेन दिएपछि मापदण्ड पूरा भए÷नभएको हेरेर दर्ता, नवीकरण र स्तरोन्नति गरिने बताए । मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थाहरूको हकमा मन्त्रालयले ६ महिनाको समय थप दिने, ६ महिनाभित्र पनि मापदण्ड पूरा नगर्नेहरूको दर्ता, नवीकरण नगरिने र सेवा बन्द गर्ने÷गराउने प्रक्रियामा जाने उनको भनाई छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...