प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री थापा
५ चैत, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लागानीको प्रतिफल अनुसार प्रदेशका दुरदराजका नागरिकको स्वास्थ्य सेवामा पहुँच बृद्धि भएको दावी गरेका छन् । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा पछिल्लो समय महत्वपूर्ण उपलब्धी हासिल भइरहेको दावी गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठिको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिक लक्षित सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको बताए । उनले प्रदेश सरकारले ग्रामिण भेगका नागरिकको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउने गरी स्थानीय स्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतीमा काम गरेको बताए ।
‘प्रदेशका आम नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको पहँुच सुनिश्चितताका लागि जनशीक्त र स्वासथय उपकरणको व...














