मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

६ चैत, हेटौँडा । मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ । मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ ।

स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । उनले अखिल (क्रान्तिकारी)का छोइसाङ लामालाई १९९ मतको अन्तरले पराजित गरे । रेग्मीले ७०६ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी लामाले ५०७ मत पाएका छन् । लामा यसअघि स्ववियुका अध्यक्ष थिए । कुल २ हजार ६९८ मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा जम्मा एक हजार २८१ मत खसेको थियो ।

यस्तै सचिव पदमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्की ५४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भए । उनले ७०४ मत प्राप्त गरे । यसैगरी स्ववियुको सदस्य पदमा पनि अनेरास्ववियु–नेविसंघ प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन् । निर्वाचित हुनेहरूमा मनोज घलान, उमेश चौधरी, दिवस चापागाईँ, साजिर अन्सारी, कृसन थिङ, मन्दीप थापा, विवश अर्याल, र अतित अधिकारी छन् ।

हेटौँडाको वन विज्ञान क्याम्पसमा नेविसंघका भट्ट विजयी


यता स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत हेटौँडाको वन विज्ञान क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलबाट नेविसंघका श्यामराज भट्ट निर्वाचित भएका छन् । ३७२ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । भट्ट २४६ मतसहित विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छत्र शाहीलाई १२८ मतले पछि पारे । शाहीले ११८ मत ल्याए ।
यस्तै स्ववियुको सचिवमा नेविसंघ र अनेरास्ववियुको प्यानलबाट अनेरास्ववियुका सुगम भुषाल क्षेत्री विजयी भए उनले २६७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का रमेशसिंह बोहराले १०१ मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा पनि नेविसंघ र अनेरास्ववियुको प्याबाटै नेविसंघकी पूर्णिमा पन्त १६७ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी क्रान्तिकारीकि निरुता श्रेष्ठले १०२ मत ल्याइन् । स्ववियुका सदस्यतर्फ पनि गठवन्धनकै युनिशा धामी, विनय तिमल्सिना, रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।

हेटौँडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनालीको प्यानल नै विजयी


हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । यस क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । यहाँ अनेरास्ववियु र नेविसंघबिच गठबन्धन भएको थियो । बुधबार बिहान सम्पन्न मतगणना अनुसार कुल खसेको ३७४ मतमध्ये २५१ मतसहित मैनाली विजयी भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी अखिल क्रान्तिकारीका दीपक वाईबाले ११९ मत प्राप्त गरे ।

स्ववियुमा मैनालीकै प्यानलबाट पदाधिकारीहरू निर्वाचित भएका छन् । सचिवमा गणेश तिमल्सिना २७१ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) का ईश्वर ढुङगेलले ९१ मत पाए । यसैगरी कोषाध्यक्षमा २३६ मत सहित नेविसंघका सुरज बोलखे निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीकी प्राश्ना दोङलाई पराजित गरे । दोङले ११५ मत पाइन् । यस्तै सदस्यमा पनि मैनाली नेतृत्वका शिशिर ढकाल २६४ मत, नितेश भण्डारी २५६ मत, नितिश कुमार यादव २४८ मत, मुना सिकारी २४७ मत र अखिलेश कुमार यादव २३८ मतसहित निर्वाचित भएका छन् ।

सदस्यको प्रतिस्पर्धामा रहेका अखिल क्रान्तिकारी प्यानलका सुस्मिता थिङ १०९ मत, प्रमिला सिन्तान ११४ मत, स्वस्तिका सिन्तान १०५ मत, अस्मिता थोकर १०८ मत र प्रकाशमान गोलेले ८३ मत प्राप्त गरी पराजित भए। ६८५ जना मतदाता रहेको हेटौँडा क्याम्पसमा जम्मा ३७४ मत मात्रै खसेको थियो । मंगलबार सम्पन्न निर्वाचनको मतगणना रातिबाटै सुरु गरेर बुधबार बिहान सम्पन्न भएको सहायक क्याम्पस प्रमुख मनोज पोखरेलले जानकारी दिए । ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...