Day: March 19, 2025

कैलाशको अर्धवार्षिक समीक्षा, चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति

कैलाशको अर्धवार्षिक समीक्षा, चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति

Breaking News 2, अर्थ, कैलास, ताजा अपडेट, समाचार
७ चैत , हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले फागुन मसान्तसम्ममा गाउँपालिकाको  चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति भएको छ । गाउँपालिका को बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत भएको विवरण अनुरुप चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेट मध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले बताए । पुजीँगततर्फ भने १३.९८ प्रतिशत खर्च भएको उनले बताएका छन् ।  प्रदेश कार्यक्रमबाट प्राप्त अनुदानमा  २४.४९ प्रतिशत खर्च भएको बताउँदै संघीय सरकारको तर्फ भने ४०.६२ प्रतिशत रकम खर्च भएको धितालले बताए । गाउँपालिकाले वडागत आम्दानीमा १९ लाख ४२ हजार ४६९ रुपैयाँ राजश्व संकलन गरिनुका साथै गाउँपालिकाले तोकिएको विभिन्न राजश्व शीर्षकमा  हालसम्म प्रदेशलाई छुट्याएर ७४ लाख ८८ हजार ५०२ रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख विक्रम थिङले बताए । ...
मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल नै विजयी

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
६ चैत, हेटौँडा । मकवानपुरका प्रमुख तीन क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानल विजयी भएको छ । मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । उनले अखिल (क्रान्तिकारी)का छोइसाङ लामालाई १९९ मतको अन्तरले पराजित गरे । रेग्मीले ७०६ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी लामाले ५०७ मत पाएका छन् । लामा यसअघि स्ववियुका अध्यक्ष थिए । कुल २ हजार ६९८ मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा जम्मा एक हजार २८१ मत खसेको थियो । यस्तै सचिव पदमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी क्रान्तिकारीका दिपेश कार्की ५४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइँटेल निर्वाचित भए । उनले ७०४ मत प्रा...