१ चैत, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यहि एसइइमा ‘ए’ प्लस नजिता ल्याउँने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार दिने भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उद्धव सत्यालले वडा कार्यालयले एसईईमा ‘ए’ प्लास नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् ।
उनले वडाबाट एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई कार्यक्रममा बोल्दै आगामी एसईई परीक्षामा ‘ए’ प्लस नतिजा ल्याए जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिने बताएका हुन् ।
उनले आफ्नो घोषणाले विद्यार्थीलाई पढाईका लागि प्रेरणा मिल्नुकासाथै साच्चै ‘ए‘ प्लस ल्याउने विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत हुने विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष सत्यालले हेटौँडा–१७ मा बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यामिक विद्यालय गरी दुईवटा मावि विद्यालय रहेको जानकारी दिए । दुबै विद्यालयमा गरी यसवर्ष ५४ जनाले एसईईमा सहभागिता जनाउने उनको भनाई छ ।
उनका अनुसार बालबोध माविबाट ३३ र राजदेवी माध्यमिक विद्यालयबाट २१ गरी ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । यसवर्षको एसईई परीक्षा यहि ७ चैतबाट सुरु हुँदै छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।