Author: Hetauda Live

हेटौँडा–४ मा भेटिएको प्रेसर कुकरमा बिस्फोटक पदार्थ नभएको पुष्टि

हेटौँडा–४ मा भेटिएको प्रेसर कुकरमा बिस्फोटक पदार्थ नभएको पुष्टि

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
२९ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौ नजिकै बिहीबार साँझ फेला परेको शंकास्पद प्रेशसर कुकरमा विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ । सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा उक्त कुकरमा केहिपनि फेला नपरेको मकवानपुर प्रहरीले जनाएको छ । हेटौँडा ४, हुप्रचौरस्थित शितलमहल चोक नजिकै सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर फेला परेपछि स्थानीय त्रसित भएका थिए । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले उक्त बेवारिसे प्रेसर कुकरमा कुनैपनि किसिमको विस्फोटक पदार्थ फेला नपरेको जानकारी दिए । उनका अनुसार स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै फेला परेको प्रेसर कुकुरलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।...
हेटौँडा–४ मा शंकास्पद प्रेसर कुकर भेटियो, स्थानीय त्रसित

हेटौँडा–४ मा शंकास्पद प्रेसर कुकर भेटियो, स्थानीय त्रसित

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
२९ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौ नजिकै बिहीबार साँझ शंकास्पद कुकर बम फेला परेको छ । मकवानपुर प्रहरीका अनुसार हेटौँडा ४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर फेला परेको हो । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि पौडेलले प्रहरीलाई खबर गरेकी थिइन् । उनका अनुसार अहिले घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । घटनास्थलमा जनपथ र सशस्त्रको टोलीसँगै नेपाली सेनोको बम डिस्पोजल टोली पुगेर शंकास्पद वस्तु प्रेसर कुकरको बारेमा अनुसन्धान थालेको छ । सडक छेउमा शंकास्पद अवस्थामा कुकर फेला परेपछि स्थानीय भने त्रसित भएका छन् ।...
आज रंगहरुको पर्व फागुन पुर्णिमा (होली) मनाइँदै

आज रंगहरुको पर्व फागुन पुर्णिमा (होली) मनाइँदै

ताजा अपडेट, मनोरञ्जन, समाचार
२९ फागुन, हेटौँडा । रंगहरुको पर्व फागुन पुर्णिमा अर्थात होली आज काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामन...
पालिकस्तरीय छलफलमा तीव्रता दिँदै भूमि आयोग मकवानपुर

पालिकस्तरीय छलफलमा तीव्रता दिँदै भूमि आयोग मकवानपुर

ताजा अपडेट, राक्सिराङ्ग, समाचार
२८ फागुन, हेटौँडा । भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोग मकवानपुरले आफ्नो अभियानलाई तीव्र दिएको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको आयोगको अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार राक्सिराङ गाउँपालिकामा गरिएको छ । यसअघि आयोगले मकवानपुरको बागमती गाउँपालिका र थाहा नगरपालिकामा अन्तरक्रिया गरिसकेको छ । राक्सिराङ गाउँपालिकाको कार्यालय चैनपुरमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले मकवानपुरको विकट भनिएको यो गाउँपालिकाका बासिन्दाको समास्या समाधानमा भूमि आयोगले काम गर्ने बताए । जनतालाई आश्वासन मात्र हैन कामनै गर्नेगरी हाम्रो समितिले काम गर्नेछ, आयोगका अध्यक्ष बलले भने ‘हाम्रो समितिले काम गरेपछी जिल्लामा अर्को भूमि समस्या समाधान आयोगको गठन गरिरहनु पर्ने अवस्था आउँदैन ।’ आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट स...
राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

राजस्व संकलन बढाउन गठित अध्ययन समितिले बागमतीमा काम थाल्यो

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२८ फागुन, हेटौँडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशमा राजस्व सुधारका लागि गठन गरिएको अध्ययन समितिसंग छलफल थालेको छ । मन्त्रालयले राजस्व सुधारको लागि गठन गरिएको समितिका सदस्यहरुसंग मंगलबार छलफल गरेको हो । राजस्व सुधार समितिको प्रारम्भिक प्रतिवेदन तथा अध्ययन ढाँचा, विधी लगायतका विषयमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गंगादत्तत नेपाल, प्रदेशका सचिव महादेव पन्थ लगायत प्रदेश सचिव र कर्मचारीहरुसंग छलफल गरिएको हो । समुन्नत प्रदेश निर्माणको लागि राजस्वका स्रोत, संकलनको अवस्था, समस्या लगायतका विषयको विश्लेषण गर्दै राजस्व परिचालनमा सुधार र नयाँ क्षेत्र पहिचान तथा विस्तार गर्न उक्त समितिले अध्ययन गर्ने छ । समितिले प्रदेशको राजस्वको विद्यमान अवस्था विश्लेषण गर्ने, राजस्व वृद्धि तथा परिचालन, राजस्व परिचालन क्षमता ...
होली शान्तिपूर्ण र अनुशासित रुपमा मनाउन प्रशासन कार्यलय मकवानपुरको आग्रह

होली शान्तिपूर्ण र अनुशासित रुपमा मनाउन प्रशासन कार्यलय मकवानपुरको आग्रह

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
२७ फागुन, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि २९ गते परेको रंगहरुको पर्व होली शान्तिपूर्ण र अनुशासित भएर मनाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै होली पर्व सामाजिक सद्भाव र भाइचारा कायम राख्दै मनाउन आग्रह गरेकोे हो । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेंलद्वारा हस्ताक्षरीत सूचनामा होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरिएको छ । सूचनामा आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न र होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न चेतावनी दिइएको छ । सूचनामा होली पर्वको अवसरमा विभिन्न खर्चिला र भड्किला कार्यक्रमका कारण सार्वजनिक स्थलहरूमा अशान्ति र विवाद उत्पन्न हुने गरेको भन्दै पर्वको नाममा कसैले सार्वजनिक स्थानमा होहल्ला, झगडा वा अनावश्यक गतिविधि गर्ने, पानीको बेलुन वा लोला हान्ने, जबरजस्ति रं...
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२७ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणको कामलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको विकास निर्माणको कामको अनुगमन तथा नियमन र मुल्यांकनका लागि कानुन निर्माणका लागि कानुन बनाउन सहमती दिएको हो । बैकठले प्रदेश अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती दिएको प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मुल्यांकन नहँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो । बैठकले जग्गा उपभोग सम्बन्धमा भक्तपुरमा रहेको ७ रोपनी ७ आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले भक्तपुर नखेल गाविस वडा नम्बर–१ को ...
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा सुरु

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा सुरु

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२७ फागुन, हेटौँडा । हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गरेका हुन् । तत्कालका लागि बहिरंग सेवा माफृत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालीने गरिएको हो । टिचिङ अस्पतालमा छात्रवृत्तीमा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि हेटौंडा अस्पताल खटाएसंगै हेटौंडा अस्पतालमा सेवाको विस्तार गरिएको मेसु डा. सापकोटा बताए । रोटरी क्लब अफ मकवानपुरले उपलब्ध गराएको १ करोड बराबरको उपकरण प्रयोगमा ल्याएर सेवा थालनी गरिएको उनले बताए । अस्पतालमा उपकरण ...
कास्कीको सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गयो

कास्कीको सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गयो

Breaking News 1, ताजा अपडेट, समाचार
२७ फागुन, हेटौँडा । कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ४ः११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । हालसम्म यसबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।...
हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

हेटौँडा भेट्रान्सको उपाधि किङकम भेट्रान्सलाई

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२६ फागुन, हेटौँडा । दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ । हेटौँडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले उपाधि जितेको हो । किङ्कमले उपाधिसँगै नगद एक लाख ५० हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखी भएको प्रतियोगिताको फाइनल खेलको निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा किङ्कम भेट्रानले फ्रिडम फाइटरलाई ३–२ गोल अन्तरले हराउन सफल भयो । प्रतियोगितामा उपविजेता भएको फ्रिडम फाईटरले नगद ७५ हजार ५५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताका सर्वउत्कृष्ट खेलाडी फ्रिडम फाईटरका तेन्जिङ लामा ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज