२९ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौ नजिकै बिहीबार साँझ फेला परेको शंकास्पद प्रेशसर कुकरमा विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ । सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा उक्त कुकरमा केहिपनि फेला नपरेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडा ४, हुप्रचौरस्थित शितलमहल चोक नजिकै सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर फेला परेपछि स्थानीय त्रसित भएका थिए । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले उक्त बेवारिसे प्रेसर कुकरमा कुनैपनि किसिमको विस्फोटक पदार्थ फेला नपरेको जानकारी दिए ।
उनका अनुसार स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै फेला परेको प्रेसर कुकुरलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।