Day: March 13, 2025

हेटौँडा–४ मा भेटिएको प्रेसर कुकरमा बिस्फोटक पदार्थ नभएको पुष्टि

हेटौँडा–४ मा भेटिएको प्रेसर कुकरमा बिस्फोटक पदार्थ नभएको पुष्टि

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
२९ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौ नजिकै बिहीबार साँझ फेला परेको शंकास्पद प्रेशसर कुकरमा विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ । सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा उक्त कुकरमा केहिपनि फेला नपरेको मकवानपुर प्रहरीले जनाएको छ । हेटौँडा ४, हुप्रचौरस्थित शितलमहल चोक नजिकै सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर फेला परेपछि स्थानीय त्रसित भएका थिए । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले उक्त बेवारिसे प्रेसर कुकरमा कुनैपनि किसिमको विस्फोटक पदार्थ फेला नपरेको जानकारी दिए । उनका अनुसार स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै फेला परेको प्रेसर कुकुरलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।...
हेटौँडा–४ मा शंकास्पद प्रेसर कुकर भेटियो, स्थानीय त्रसित

हेटौँडा–४ मा शंकास्पद प्रेसर कुकर भेटियो, स्थानीय त्रसित

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
२९ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौ नजिकै बिहीबार साँझ शंकास्पद कुकर बम फेला परेको छ । मकवानपुर प्रहरीका अनुसार हेटौँडा ४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर फेला परेको हो । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि पौडेलले प्रहरीलाई खबर गरेकी थिइन् । उनका अनुसार अहिले घटनास्थलमा नेपाली सेनाको टोली पुगेको छ । घटनास्थलमा जनपथ र सशस्त्रको टोलीसँगै नेपाली सेनोको बम डिस्पोजल टोली पुगेर शंकास्पद वस्तु प्रेसर कुकरको बारेमा अनुसन्धान थालेको छ । सडक छेउमा शंकास्पद अवस्थामा कुकर फेला परेपछि स्थानीय भने त्रसित भएका छन् ।...
आज रंगहरुको पर्व फागुन पुर्णिमा (होली) मनाइँदै

आज रंगहरुको पर्व फागुन पुर्णिमा (होली) मनाइँदै

ताजा अपडेट, मनोरञ्जन, समाचार
२९ फागुन, हेटौँडा । रंगहरुको पर्व फागुन पुर्णिमा अर्थात होली आज काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामन...