Author: Hetauda Live

श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष प्रभावकारीः मुख्यमन्त्री लामा

श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष प्रभावकारीः मुख्यमन्त्री लामा

Breaking News 1, अर्थ, ताजा अपडेट, भीमफेदी, समाचार
  २६ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले श्रमिकलाई अत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोष महत्वपूर्ण रहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा कोषमा आवद्धता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कोष मार्फत् श्रमिकहरुलाई आत्मनिर्भर र सुरक्षित जीवनयापनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । समाज विकासमा श्रमिकहरुको भुमिका उत्कृष्ट रहेको उनको भनाई थियो । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको व्यवस्थापन र विकासका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण सावित भएको उल्लेख गर्दै कोष मार्फत् वर्तमानसंगै भविषयमा श्रमिकहरुको जीवन र परिवारमा सहजता आउने उनले दावी गरे । ‘समाजको समुचित विकासका लागि श्रमिकहरूको सुरक्षा अपरिहार्य छ । सामाजिक सुरक्षा कोषले श्रमिकहरुलाई आत्मनिर्भर बनाउने भुमिका खेलेको छ...
तरुण दलको महाधिवेशन तोकिएको समयमै हुने अध्यक्ष गुरुङको दावी

तरुण दलको महाधिवेशन तोकिएको समयमै हुने अध्यक्ष गुरुङको दावी

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
२६ फागुन, हेटौँडा । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको महाधिवेशनमा अब कुनैपनि ढिलाई नहुँने दावी गरेका छन् । उनले तरुण दलको निर्वाचन निर्धारित समयमै हुनेमा ढुक्क हुन आग्रह गरे । सोमबार हेटौँडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दलको पाँचौ महाधिवेशन आगामी चैत मसान्तभित्र गरिसक्ने स्पष्ट पारे । ‘अब तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ । पार्टीले दिएको समयसिमा आगामी चैत मसान्त हो । उक्त समय भित्रै महाधिवेशन गर्ने गरी हामी लागि रहेका छौ,’ उनले भने, ‘जिल्लाका साथीहरुले पनि सोहि अनुसार तयारी थाल्नुस ।’ अध्यक्ष गुरुङले अब पनि महाधिवेशन हुन्न कि भन्ने दुविधामा नरहन आग्रह गरे । उनले मातृ पार्टी कांग्रेसलाई गतिशिल र जनताको पार्टी बनाउन तरुण र युवाहरु लाग्नुपर्ने बेला आएको बताए । मुलुकमा भएका सबै परिवर्तनको न...
जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्नुपर्छ: राष्ट्रपति पौडेल 

जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्नुपर्छ: राष्ट्रपति पौडेल 

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
२६ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उदघाटन गर्दै उनले जलवायु न्यायको मुद्धालाई विश्वजगतमा पु¥याउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपत्को व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे । उनले विश्वका कतिपय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्वन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन् बढि असर परेको पनि  उल्लेख ...
काठमाण्डौ महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

काठमाण्डौ महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

ताजा अपडेट, राजनीति, समाचार
२६ फागुन, हेटौँडा । काठमाण्डौ महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पु¥याएको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरीवाना गरेको छ । महानगरले हिजो आइतबार पठाएको पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एअरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यसमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको उल्लेख छ । महानगरले फोहोरमैला व्यवस्थापन ऐन,२०६८,काठमाण्डौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरीवाना तोकिएको हो । राप्रपाले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला क्षेत्रमा प्रदर्शन गरेको थियो ।...
भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

खेलकुद, ताजा अपडेट, समाचार
२६ फागुन, हेटौँडा । न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति सम्पन्न भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हरायएको हो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २÷२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २÷२ विकेट लिए । तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने क्रममा भारत प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको थियो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्...
राक्सिराङमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न

राक्सिराङमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न

Breaking News 2, ताजा अपडेट, राक्सिराङ्ग, राजनीति, समाचार
२५ फागुन, हेटौँडा । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिले आइतबार क्रियाशील जागरण अभियान तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ । राक्सिराङ–५ चैनपुरमा भएको कार्यक्रममा पालिका सभापति वीरेन्द्र जिम्बाको सभाध्यक्षता तथा बागमती प्रदेश समितिका सभापति एंवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले क्रियाशील सदस्यले आफु माथि आएका जनगुनासोप्रति जवाफ दिदैँ फोटो खिच्ने र भ्रमको खेती गर्ने माननीय भन्दा विकासको लहर ल्याउने माननीय बन्न चाहेको बताए । जनगुनासो आउनु स्वभाविक रहेको बताउँदै १३ जिल्ला पनि हेर्नुपर्ने भएकोले सबै क्षेत्रका कार्यक्रममा पुग्न नसकेको बताए । मनहरी–मलेखु निस्कने बाटोले पुर्णता पाउने प्रतिवद्दता व्यक्त गर्दै कांग्रेसले नै विकासको लहर ल्याउने सभापति बानियाँले दावी गरे । यस क्षेत्रक...
हेटौँडा भेट्रान्सको उपाधिका लागि किङकम र फ्रिडम फाइटर भिड्ने

हेटौँडा भेट्रान्सको उपाधिका लागि किङकम र फ्रिडम फाइटर भिड्ने

खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
२५ फागुन, हेटौँडा । हेटौँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स भिड्ने भएका छन् । आइतबार हेटौँडा ४ स्थित हुप्रचौर खेलमैदानमा भएको सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई एक शून्य गोल अन्तरल पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा किङकम भेट्रान्सले आयोजक हेटौँडा भेट्रान्स क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटरसँगको भिडन्त पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल सोमबार दिउसो २ बजे हुने प्रतियोगीता संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगिताको बिजेताले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट ...
सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न प्रजिअ श्रेष्ठको आग्रह

सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न प्रजिअ श्रेष्ठको आग्रह

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
२५ फागुन, हेटौँडा । मकवनपुरकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले पत्रकारहरुलाई सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरेकी छन् । पत्रकारहरुको सक्रियताले नेतृत्व र कार्यान्वयन तहका व्यक्तिहरुलाई जिम्मेवार तथा जवाफदेही बनाउने उनको भनाई छ । गत १५ फागुनमा मकवानपुरको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हालेकी प्रजिअ श्रेष्ठले आईतबार जिल्लाका पत्रकारहरुसँग छलफल गर्दै प्रभावकारी सेवा प्रवाह र शान्ति सुरक्षा चुस्त राख्न आफू प्रतिवद्ध रहेको बताइन् । त्यसका लागि पत्रकारहरुबाट सहि सूचना र सहयोग चाहेको उनको भनाई थियो । पत्रकारहरुले समाज रुपान्तरणका लागिपर्ने काममा सहकार्य गर्न आफू तयार रहेको उनको भनाई थियो । सुरक्षित र सभ्य समाज निर्माण अभियानमा सरोकारवाला निकयको एक्यवद्धता आवश्यक रहेको उनले बताइन् । उनले पत्रकारलाई लेख्नुपर्ने समाचार मात्रै लेख्न र कारवाही गर्नुपर्ने पाटोमा ...
प्रहरीद्वारा हेटौँडाबाट खैरो हिरोइन सहित ४ जना पक्राउ

प्रहरीद्वारा हेटौँडाबाट खैरो हिरोइन सहित ४ जना पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
२५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाको छुट्टाछुट्टै दुईस्थानबाट अवैध लागूऔषध खैरोहिरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका १४ का १९ वर्षीय रोजल ढुङ्गाना र हेटौँडा १४ का १९ वर्षीय रोजल ढुङ्गाना र हेटौँडा १० मा कोठा भाडामा बस्दै आएकी २२ वर्षीया बिबिका लामा र एक नाबालक तथा एक नाबालिका रहेका छन् । प्रहरीका अनुसार हेटौँडा १० भिस्म मार्गबाट हेटौँडा १४ का १९ वर्षीय ढुङ्गानालाई खैरोहिरोइन सहित पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट २ वटा पुरियामा रहेको २७० मिलीग्राम खैरोहिरोइन फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले बा।प्र।३–०२–०२६ प ६२७२ नम्बरको मोटरसाइकलमा रहेका ढुङ्गानालाई शंकाको आधारमा खानतलासी गर्दा लागूऔषध फेला पारेको हो । यस्तै प्रहरीले हेटौँडा १० स्थित आनन्द टोलबाट प्रहरी...
लागुऔषध अफिमसहित एकजना मानिस पक्राउ

लागुऔषध अफिमसहित एकजना मानिस पक्राउ

Breaking News 1, ताजा अपडेट, समाचार
२५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले साढे दुई किलोभन्दा बढी लागुऔषध अफिमसहित एकजना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका– ८ का ३२ वर्षीय राजकुमार तामाङ रहेका छन् । उनको साथबाट दुई किलो ५३० ग्राम लागुऔषध अफिम फेला परेको हो । प्रहरीले मनहरी– ८ स्थित भित्री सडक खण्डमा पर्ने देवकोटबाट मेनरोडतर्फ आउँदै गरेको समयमा तामाङलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । शंकाको भरमा तामाङ चढेको ग.६प ४५८४ न. को मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको लेगार्डमा प्लास्टिकभित्र लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको लागुऔषध अफिम फेला परेको प्रवक्ता अर्यालले बताए । लागुऔषध अफिम तथा मोटरसाइकलसमेत बरामद गरी निज तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आठ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।...