जबरजस्ती करणी मुद्दामा हेटौंडाबाट ७ जना किशोर पक्राउ
२४ फागुन, हेटौंडा । हेटौंडाबाट मकवानपुर प्रहरीले जबरजस्ती करणी आरोपमा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ । घटनामा संलग्न भइ पक्राउ परेका आरोपितहरु १८ बर्ष भन्दा मुनीका किशोरहरु भएकाले प्रहरीले उनीहरुको पहिचान भने गोप्य राखेको जनाएको छ ।
घटनामा पिडित युवतिले प्रहरी कार्यलयमा जाहेरी दिएपछी घटना बाहिर आएको हो । पीडित युवतिले घटनाको बारेमा २१ फागुनमा जिल्ला प्रहरी कार्यलय मकवानपुरमा उजुरी दिएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनले पिडितको जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा २२ फागुनमा ५ जना र २३ गते २ जना गरि ७ जना नियन्त्रणमा लिएको बताए ।
घटना हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिको माथी जंगलमा जबरजस्ती करणीको घटना भएको प्रवक्ता डिएसपी अर्यालको भनाई छ । आरोपित किशोरहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट जबरजस्ती करणी कसुर मुद्धामा...























