Author: Hetauda Live

हेटौंडा शहरका परिकल्पनाकार टोनी हेगनको अर्धकदको सालिक अनावरण

हेटौंडा शहरका परिकल्पनाकार टोनी हेगनको अर्धकदको सालिक अनावरण

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
२० फागुन, हेटौँडा । हेटौंडा शहरका परिकल्पनाकार स्वीस नागरिक डा. टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरिएको छ । हेटौंडा १० टिसिएनमा निर्मित टोनी हेगन पार्कमा निर्माण गरिएको डा. टोनी हेगनको अर्धकदको सालिकको मंगलबार हेगनकी छोरी डा. क्याट्रिन हेगन सहित हेटौंडा उपमहागनगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा र पूर्व नगरप्रमुख हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गरेका हुन् । सालिकको अनावरण गर्दै हेगनकी छोरी डा. क्याट्रिनले हेटौंडा उपमहानगरपालिका लगायत हेटौंडावासीप्रति आभार प्रकट गरिन् । उनले आफ्नो बाबु नेपाललाई माया गर्ने विदेशी भएको र नेपाललाई विश्वमै चिनाउने एक सच्चा नागरिक भएको उल्लेख गरिन् । नेपालको ग्रामीण क्षेत्रका जनताहरुको आर्थिक स्थितिमा विगतको भन्दा अहिले सुधार भएको उनको भनाई थियो । अनावरण कार्यक्रममा नगरप्रमुख लामाले डा। टोनी हेगनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरपाल...
कांग्रेस महामन्त्री शर्मा मनहरी आउँदै

कांग्रेस महामन्त्री शर्मा मनहरी आउँदै

Breaking News 1, ताजा अपडेट, मनहरी, राजनीति, समाचार
२० फागुन, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मकवानपुरको मनहरी आउने भएका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिको आयोजनामा हुने क्रियाशील तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न फागुन २२ गते बिहीबार महामन्त्री शर्मा मनहरी आउने भएका हुन् । मनहरी गाउँपालिकाका अगुवा तथा क्रियाशील कार्यकर्ता प्रशिक्षणका साथै पार्टीको वर्तमान गतिविधिका बारेमा छलफल हुने कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको पनि विशिष्ट आतिथ्यता रहने कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले जानकारी दिए । कार्यक्रमकाबीच मनहरीका कांग्रेस अगुवा नेताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको वर्तौलाले बताए । क्रियाशील भेलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेतृत्वले गरिरहेका कामकारबाहीबारे पनि समीक्षा हुने बताइएको छ ।   &nb...
दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स यही २२ गतेबाट सुरु

दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स यही २२ गतेबाट सुरु

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१९ फागुन, हेटौँडा । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन हुँदै आएको राष्ट्रिय भेट्रान्स कप एट ए साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको दशौं संस्करण यही फागुन २२ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जानकारी दिएको छ । २२ देखि २६ गतेसम्म हेटौँडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले एकलाख ५० हजार ५५५ र उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक हेटौंडा भेट्रान्स क्लवका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । प्रतियोगितामा कम्तिमा १६ टिमले सहभागिता जनाउनेछ । जसमध्ये १४ टिमको पक्कापक्की भैसकेको उनले बताए । वीरगञ्ज युथ भेट्रान्स, सिमरा भेट्रान्स, चितवन भेट्रान्स, बगरभाइ खलक भेट्रान्स, एबीसी भेट्रान्स, बुटवल भेट्रान्स, ...
दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सकियो, एकलाख बढीले गरे अवलोकन

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सकियो, एकलाख बढीले गरे अवलोकन

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
१८ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको छ । हेटौँडा १० स्थित टीसीएन चौरमा भएको महोत्सवमा एकलाखले अवलोकन र ६ करोड बराबरको कारोवार भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले बताए । उनले महोत्सवबाट बचेको रकमलाई निर्माण व्यवसायी संघको नयाँ भवन निर्माणमा प्रयोग गरिने जानकारी दिए । महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनीसँगै विक्रीलाई जोड दिइएको उनको भनाई थियो । महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुनुका साथै यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन भएको उनले दावी गरे । महोत्सव समापन कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यता...
विभेद र विकृति हटाउन कलाको प्रवर्द्वन महत्वपूर्णः वडा अध्यक्ष सिग्देल

विभेद र विकृति हटाउन कलाको प्रवर्द्वन महत्वपूर्णः वडा अध्यक्ष सिग्देल

ताजा अपडेट, मनोरञ्जन, शिक्षा, समाचार, हेटौँडा
१८ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले कला र साँस्कृतिकको प्रवर्द्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउन सकिने बताएका छन् । ४ नम्बर वडा कार्यालयको आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा शुरू भएको सामाजिक रूपान्तरणको लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियोगिताको उद्घाटन गर्दै उनले कला र साँस्कृतिकको माध्यमबाट पनि समाजमा चेतना फैलाउन सकिने बताए । वडा अध्यक्ष सिग्देलले विध्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसंग जोड्न सके दक्ष र उकृष्ट कलाकारको समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिने दावी गरे । पहिलो प्रतियोगितामा ज्ञानोदय बालबाटिका आवासिय मावि हेटौँडा–५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक ‘रक्ताम्मे मेरो शरीर’ नामक नाटक र १...
हेटौँडा १२ मा शङ्खधर शाख्वा पार्क निर्माणको शिलान्यास

हेटौँडा १२ मा शङ्खधर शाख्वा पार्क निर्माणको शिलान्यास

ताजा अपडेट, समाचार, हेटौँडा
१८ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमा स्थापना, पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ । बागमती प्रदेशको सस्कृती तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवं स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा उक्त योजना निर्माण गर्न लागिएको हो । चार बिगाहा क्षेत्रफलमा निर्माण हुने पार्क क्षेत्रलाई पदमपोखरीकै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने नेवा गुठी खल पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीले जानकारी । उनका अनुसार पार्कमा पर्खाल, गेट, शङ्खधर शाख्वाको प्रतिमा, पोखरी, ढुङ्गेधारा लगायतका पूर्वाधार निर्माण गरिने छ । पार्क निर्माण शिलान्यास गर्दा बागमती प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठले शङ्खधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । उनले...
माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

माझी समुदायको लदी पर्व २० गते मकवानपुरमा पनि मनाइने

Breaking News 1, ताजा अपडेट, बकैया, बागमती प्रदेश, मनोरञ्जन, समाचार
१८ फागुन, हेटौँडा । नेपाल माझी उत्थान संघको आयोजनामा यही फागुन २० गते मकवानपुरको बकैया गाउँपालिकामा लदी पर्व मनाइने भएको छ । २० गते विहान ११ बजेदेखि बकैयाको ६ नम्बर वडास्थित जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा लदी पर्व मनाउन लागिएको आयोजकले जानकारी दिएको छ । लदी पर्वको कार्यक्रमको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । लदीको अवसरमा देशैभरीका माझी समुदायले नजिकका नदी खोलामा गएर भव्य रुपले नदीखोलाको पुजा गर्ने गर्दछन् । माझीहरुको सघन बस्ती भएका स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । बागमती प्रदेश सरकारले समेत गत बर्ष र यो वर्ष पनि माझी समुदायहरुलाई सार्वजनिक विदा दिने घोषण गरिसकेको छ । नेपाल माझी उत्थान संघ केन्द्रीय समितिको आयोजनामा बकैया ६ मा लदी पर्व मनाउन लागिएको केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिइन् । नेपाल सरकारले सू...
भीम विराग प्रतिष्ठानद्वारा हेटौंडामा विभिन्न बिधाका ११ जना सम्मानित

भीम विराग प्रतिष्ठानद्वारा हेटौंडामा विभिन्न बिधाका ११ जना सम्मानित

Breaking News 1, ताजा अपडेट, मनोरञ्जन, समाचार
१८ फागुन, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले शनिबार एउटा साहित्यिक कार्यक्रमबिच विभिन्न विधाका ११ जनालाई पुरस्कार र सम्मान प्रदान गरेको छ। प्रतिष्ठानले चारजनालाई साहित्य, संगीत, गायन र कलाकारिता बिधामा राष्ट्रिय पुरस्कार प्रदान गरेको छ भने ७ जनालाई विभिन्न बिधामा सम्मान समर्पण गरेको छ । भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कारबाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कारबाट मकवानपुरका कलाकार भोलाराज सापकोटा र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौंका पत्रकार-साहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गरेको छ । प्रत्येक विधाका पुरस्कृतलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । यसैगरी, प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी सम्मानबाट म...
दुई दिने बकैया साहित्य महोत्सव शुक्रबारबाट शुरु

दुई दिने बकैया साहित्य महोत्सव शुक्रबारबाट शुरु

Breaking News 1, ताजा अपडेट, बकैया, मनोरञ्जन
१६ फागुन, हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरको ३२ औ वार्षिकोत्सव तथा ३१३ औँ साहित्य श्रृंखलाका अवसरमा बकैया कला साहित्य महोत्सव सुरु भएको छ । महोत्सव शुक्रबारबाट बकैया गाउँपालिकाको वडा नम्बर ५ कर्मचुली स्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा शुरु भएको हो । महोत्सव अन्तर्गत शुक्रबार बकैया गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीचमा कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू सम्पन्न भएको झरनाका सचिव मसान उपासकले जानकारी दिए । दुई दिनसम्म चल्ने महोत्सव अन्तर्गत शनिवार स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तक्र्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिका कार्यक्रमहरु हुने उनले बताए । शुक्रबार भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत...
मनहरीले २१ गतेदेखि खेलकुद महोत्सव गर्ने

मनहरीले २१ गतेदेखि खेलकुद महोत्सव गर्ने

Breaking News 2, खेलकुद, ताजा अपडेट, मनहरी, समाचार
१६ फागुन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले यही फागुन २१ गतेदेखि खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्ने भएको छ । खेलकुद विकास समिति मनहरीको आयोजना र एभरेष्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने महोत्सव चैत्र ४ गतेसम्म हुने महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालयले जनाएको छ । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन र एथ्लेटिक्सको प्रतियोगिता सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष विरु लामाले जाकनारी दिए । फुटबल, क्रिकेट र एथ्लेटिक्स क्षेत्रीय रंगशालामा हुनेछ भने भलिबल गणेशधारा खेल मैदान र ब्याड्मिन्टन रमनटार कभर्डहलमा सञ्चालन हुने जानकारी दिइएको छ । फुटबलको विजेता र उपविजेताले क्रमशः नगद एकलाख र ५० हजार, भलिबलको विजेता र उपविजेताले ५० हजार र ३० हजार, क्रिकेटको विजेता र उपविजेताले ३० हजार र २० हजार, ब्याड्मिन्टनको विजेता र उपविजेताले ३० हजार र २० हजार तथा एथ्ले...