दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स यही २२ गतेबाट सुरु

१९ फागुन, हेटौँडा । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन हुँदै आएको राष्ट्रिय भेट्रान्स कप एट ए साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको दशौं संस्करण यही फागुन २२ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

२२ देखि २६ गतेसम्म हेटौँडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले एकलाख ५० हजार ५५५ र उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक हेटौंडा भेट्रान्स क्लवका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए ।

प्रतियोगितामा कम्तिमा १६ टिमले सहभागिता जनाउनेछ । जसमध्ये १४ टिमको पक्कापक्की भैसकेको उनले बताए । वीरगञ्ज युथ भेट्रान्स, सिमरा भेट्रान्स, चितवन भेट्रान्स, बगरभाइ खलक भेट्रान्स, एबीसी भेट्रान्स, बुटवल भेट्रान्स, थापागाउँ भेट्रान्स, किङकम भेट्रान्स, बौद्ध, फ्रिडम फाइटर, हेटौंडा भेट्रान्स, नागस्वती भेट्रान्स, बानेश्वर फ्रेण्डसिप र एनजेजे भिसी भेट्रान्सको सहभागिता पक्का भैसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा ४५ वर्ष उमेर समूह माथिका खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । यस्ता प्रतियोगिताले पुरानो सम्बन्धलाई नविकरण गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने प्रतियोगिता संयोजक मणिराज गौतमले बताए । यसबाट युवा पुस्ता खेलकुदमा आकर्षित समेत हुने उनको भनाई थियो । प्रतियोगिताको अघिल्लो संस्करण बानेश्वर फ्रेण्डसिप भेट्रान्सले जितेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...