दशौं राष्ट्रिय हेटौँडा भेट्रान्स यही २२ गतेबाट सुरु
१९ फागुन, हेटौँडा । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन हुँदै आएको राष्ट्रिय भेट्रान्स कप एट ए साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको दशौं संस्करण यही फागुन २२ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।
२२ देखि २६ गतेसम्म हेटौँडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले एकलाख ५० हजार ५५५ र उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक हेटौंडा भेट्रान्स क्लवका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए ।
प्रतियोगितामा कम्तिमा १६ टिमले सहभागिता जनाउनेछ । जसमध्ये १४ टिमको पक्कापक्की भैसकेको उनले बताए । वीरगञ्ज युथ भेट्रान्स, सिमरा भेट्रान्स, चितवन भेट्रान्स, बगरभाइ खलक भेट्रान्स, एबीसी भेट्रान्स, बुटवल भेट्रान्स, ...















