१८ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमा स्थापना, पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ । बागमती प्रदेशको सस्कृती तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवं स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा उक्त योजना निर्माण गर्न लागिएको हो ।
चार बिगाहा क्षेत्रफलमा निर्माण हुने पार्क क्षेत्रलाई पदमपोखरीकै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने नेवा गुठी खल पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीले जानकारी । उनका अनुसार पार्कमा पर्खाल, गेट, शङ्खधर शाख्वाको प्रतिमा, पोखरी, ढुङ्गेधारा लगायतका पूर्वाधार निर्माण गरिने छ ।
पार्क निर्माण शिलान्यास गर्दा बागमती प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री एकालाल श्रेष्ठले शङ्खधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।
उनले पार्कलाई पदमपोखरी आसपासका अन्य समुदायको संस्कृतिलाई समेत जोडेर विकास गर्न सकिने बताउँदै सरकारले मात्र नभई स्थानीयस्तरबाट समेत सहयोगको आवश्यकता औंल्याए । जनस्तरबाट चासो र योगदान भए मात्रै पदमपोखरीको वास्तविक विकास सम्भव भएको उनको भनाई थियो ।
कार्यक्रममा स्थानीय अगुवा राजेश नगरकोटी, नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल खड्गे, समाजसेवी सिताराम प्रधानलगायतले पार्कलाई नेपालकै नमुना बनाउने प्रतिबद्धता जनाए । उनिहरुले यो केवल सुरुवात मात्रै भएको उल्लेख गर्दै अबको दिनमा थप योजना बनाएर शङ्खधर शाख्वा पार्कलाई नेपालकै उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।