Author: Hetauda Live

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

Breaking News 2, ताजा अपडेट, समाचार
१६ फागुन, हेटौँडा । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा ग...
चोरी गर्न गर्न गएका व्यक्ति घरधनीको प्रतिकारबाट गम्भीर घाइते

चोरी गर्न गर्न गएका व्यक्ति घरधनीको प्रतिकारबाट गम्भीर घाइते

Breaking News 1, इन्द्रसरोवर, ताजा अपडेट, समाचार
१६ फागुन, हेटौँडा । घरधनीले प्रतिकार गर्दा मकवानपुरमा चोरी गर्न घर भित्र छिरेका एकजना व्यक्ति गम्भीर घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा बिहीबार राति स्थानीय मिन बहादुर भ्लोनको घरमा चोरी गर्न छिरेका व्यक्ति प्रतिकारबाट घाइते भएका हुन् । चोरी गर्ने उदेश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी मिन बहादुर र उनकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए । तर देवीमायाले नजिकै रहेको घरेलु औजारले प्रतिकार गर्दा चोरी गर्न आएका अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । चोरी गर्न आएका व्यक्तिको पहिचान नखुलेको र उनको टाउको, मुख र शरिरमा बिभिन्न भागमा चोट लागेको छ । उनलाई हेटौँडामा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ । यस्तै भ्लोन दम्पती पनि घाइते ...
नारायणी यातायात व्यवसायी संघ वार्षिक साधारण सभा तथा अधिवेशनको तयारी पुरा

नारायणी यातायात व्यवसायी संघ वार्षिक साधारण सभा तथा अधिवेशनको तयारी पुरा

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
१५ फागुन, हेटौँडा । फागुन १७ गते शनिबार हुने नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशनको तयारी पूरा भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघका पदाधिकारीहरूले १७ गते शनिबार हेटौंडाको पल्पसा हलमा आयोजना हुने  कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएका हुन् । संघका महासचिव सरोजकुमार खनालले कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यता रहने जानकारी गराए । उनका अनुसार साधारण सभाको अवसरमा नेपाल मेडिसिटी अस्पताल, काठमाडौंका विशेषज्ञ चिकित्सकहरूको टोलीबाट किड्नीसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। यातायात व्यवसायी र स्थानीय नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी संघले यस्तो पहल गरेको उनको भनाई छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष हिरालाल श्रेष्ठले संघ सेवामूलक संस्था भए पनि सरकारले तोकेको कर नियमित रूपमा तिर्द...
शान्तिटोलको सप्ताह महायज्ञमा २९ लाख रूपैयाँ संकलन

शान्तिटोलको सप्ताह महायज्ञमा २९ लाख रूपैयाँ संकलन

अर्थ, समाचार, हेटौँडा
१६ फागुन, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल ट‍ोल विकास संस्थाको आयोजनामा फागुन ७ गतेदेखि फागुन १५ गतेसम्म भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा २९ लाख रूपैयाँभन्दा बढि रकम संकलन भएको छ । महायज्ञमा २९ लाख ९ हजार १४६ रूपैयाँ संकलन भएको हो । प्रमुख कथा वाचक पण्डित बद्री विशाल शास्त्री र उपवाचक निर्जल पौडेलबाट कथा प्रवचन भएको महायज्ञ समुद्घाटनको दिन २८ हजार ३५५ रूपैयाँ, कथा शुभारम्भको पहिलो दिन १ लाख १ हजार ७५८ रूपैयाँ, दोस्रो दिन १ लाख ३८ हजार १०५ रूपैयाँ र तेस्रो दिन शनिबार ४ लाख ४३ हजार ७३१ रूपैयाँ संकलन भएको छ । त्यस्तै, चौथो दिन आइतबार ३ लाख १४ हजार ७३२ रूपैयाँ, पाँचौ दिन सोमबार ५ लाख ३१ हजार ८२५ रूपैयाँ, छैठौं दिन मंगलबार ५ लाख १३ हजार ४०७ रूपैयाँ, सातौं दिन बुधबार ५ लाख २३ हजार १०५ रूपैयाँसहित २६ लाख ४१ हजार १३२ रूपैयाँ संकलन भएको कोषाध्यक्ष पूर्णभद्र चौलागाईंले बताए । त्यस्त...
शिक्षा विकासको मुल आधारः मुख्यमन्त्री लामा

शिक्षा विकासको मुल आधारः मुख्यमन्त्री लामा

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१६ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शिक्षा बिना विकासको कल्पना गर्न नसकिने बताएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३ औं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् । उनले शिक्षा नै विकासको मेरुदण्ड भएको उल्लेख गर्दै गलत शिक्षाबाट देश र समाजको पनि विकास नहुने बताए । मुख्यमन्त्री लामाले निजी विद्यालयहरुको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको भन्दै प्रशंसा गरे । निजी क्षेत्रका विद्यालयहरुले सामुदायिक विद्यालयहरुलाई ठुलो चुनौती थपेको उनको भनाई थियो । मुख्यमन्त्री लामाले विद्यालय शिक्षा प्रदेश सरकारको एकल अधिकार भित्र नपर्दा चाहे जति काम गर्न नसकेको बताए । स्थानीय र संघ सरकारको जति संरचना प्रदेश सरकारसंग नभएको समेत मुख्यमन्त्री लामाले गुनासो गरे । प्रदेश सर...
नेपालका सबै जातिय संस्कृति राज्यको निधिः प्रदेश प्रमुख देवकोटा

नेपालका सबै जातिय संस्कृति राज्यको निधिः प्रदेश प्रमुख देवकोटा

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
१६ फागुन, हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा शुभकामना व्यक्त गरेका छन् । विभिन्न जातजाति तथा भाषाभाषीयुक्त सम्प्रदाय रहेको नेपालमा सबैको संस्कृति राज्यको निधि भएको उल्लेख गर्दै उनले शुभकामना सन्देश सर्वाजनिक गरेका हुन् । प्रदेश प्रमुखको शुभकामना सन्देशमा ‘शेर्पा समुदायको नयाँ वर्ष (बाघ वर्ष) सुरु भएको अवसरमा देश तथा देश बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु’ उल्लेख गरिएको छ । शुभकामना सन्देशमा प्रदेश प्रमुख देवकोटाले भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै ग्याल्पो ल्होसारजस्ता पर्व नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग भएको बताएका छन् । आपसी भाइचा...
राति २:५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

राति २:५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

Breaking News 1, ताजा अपडेट, समाचार
१६ फागुन, हेटौँडा । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर राति भूकम्प गएको छ । शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र बनाएर ६.१म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्प काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भुकम्पको धक्का विशेषगरी बागमती, कोशी र मधेशका जिल्लाहरुमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । रातको समयमा भुकम्प गएकाले क्षतिको विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।...
मगर संघले हेटौँडामा मनायो स्थापना दिवस

मगर संघले हेटौँडामा मनायो स्थापना दिवस

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
१५ फागुन, हेटौंडा । नेपाल मगर संघले ४३ औं स्थापना दिवसका अवसरमा बिहीबार हेटौंडामा बिबिध कार्यक्रम गरी दिवस मनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्र चौरमा मनाइएको दिवसमा मगर समुदायको पोशाकमा सजिएर आएका महिला तथा पुरुषले झाँकीसहित नगर परिक्रमा गरेका थिए । ¥यालीमा नेपाल मगर संघर संघसँग आबद्ध पालिका समिति, भात्रृ संस्थाहरु, मगर गुठीहरु लगायतको उपस्थिति रहको थियो । मगर जातीको मौलीका खाना समेटिएको फुड फेस्टिबलसहित भएको साँस्कृतिक कार्यक्रममा मगर भेषभूषासहित मगर समुदायमा प्रचलित कौराहा, घाटु, मारुनी, हुर्रा लगायतका प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमाल पुन, राष्ट्रिय कलाकार तथा नृत्यकार सशी पुन मगर, लोकप्रिय गायक शिव थापा मगर, लोकदोहोरी गायक अजित लोप्चन लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी ...
कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

कैलाशमा मनाईयो मगर दिवस, पालिकाबाट वाद्यवाधनका सामाग्री प्रदान

कैलास, ताजा अपडेट, मनोरञ्जन, समाचार
१५ फागुन, हेटौँडा । नेपाल मगर संघको ४३औं स्थापना दिवसको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकामा विविध मगर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार नेपाल मगर संघ कैलाश गाउँ कार्य समितिले नेपाल मगर मजुवा गुठीको व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संघको गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जोगाउनु स्थानीय सरकारको दायित्व रहेको बताए । मगर भाषा मात्रै नभइ अन्य जातीहरुकको आफ्नो भाषा संस्कृति पनि विस्तारै हराउँदै गएकोले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाई थियो । वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएक...
६ किलो अफिम र गाँजासहित सुमो र चालक नियन्त्रणमा

६ किलो अफिम र गाँजासहित सुमो र चालक नियन्त्रणमा

Breaking News 2, ताजा अपडेट, समाचार, हेटौँडा
१५ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको मनहरीबाट लागूऔषध ठूलो मात्रामा अफिम र गाँजासहित सुमो गाढी र सुमोका चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ६ किलो १६० ग्राम अफिम, १२७ किलो ९४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) र ३१ किलो ५६० ग्राम गाँजा नियन्त्रणमा लिएको हो । गत १० फागुनमा इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त परिमाणको लागुऔषध र सुमो गाडीसहित चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ९ घर भई काठमाडौं महानगरपालिका–पेप्सीकोला बस्ने ३८ वर्षका लालबहादुर तामाङ रहेका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मकवानपुरको मनहरी– ६ नयाँ वस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा साईड लगाई रोकी राखेको बा ७ च ७०१८ नम्बरको सुमोलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको हो...