Author: Hetauda Live

स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

स्वकीय सचिव मृत्यु प्रकरणः प्रदेशका सहकारीमन्त्रीको राजीनामा माग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१५ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्रीका स्वकीय सचिवको मृत्युको विषयलाई लिएर प्रदेशमा प्रतिपक्षीमा रहेका तीन दलले मन्त्रीको राजीनामा मागेका छन् । प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानबिनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् । मन्त्री श्रेष्ठका स्वकीय सचिव, धुनीबेँशी नगरपालिका– ९, धादिङनिवासी रवि थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्वकीय सचिव थापाले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट र सहकारीकासम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र स्वकीय थापाको आत्महत्या बाध्यात्मक परिस्थिति...
कैलाशमा अध्यक्ष कप फुटबल सुरु, उद्घाटन खेलमा वडा नम्बर ७  र ४ विजयी

कैलाशमा अध्यक्ष कप फुटबल सुरु, उद्घाटन खेलमा वडा नम्बर ७ र ४ विजयी

Breaking News 1, कैलास, खेलकुद, ताजा अपडेट, समाचार
१४ फागुन, हेटौँडा । बुधबारबाट सुरु भएको कैलाश गाउँपालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नम्बर ४ र ७ ले विजयी सुरुवात गरेका छन् । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । वडा नम्बर ९ नामटारमा रहेको खेलमैदानमा भएको उद्घाटन खेलमा ७ नम्बर वडाले वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । वडा नम्बर ७ को जितका लागि सन्तोष मुक्तान र सागर चेपाङले समान एक एक गोल गरे । यस्तै वडा नम्बर १ का तर्फबाट शिशिर नेगीले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले ट्रफि प्रदान गरेका थिए । यस्तै बुधबार नै भएको वडा नम्बर २ र ४ बीचको खेलमा वडा नम्बर ४ विजयी भएको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णण टाइब्रे...
भीम विराग प्रतिष्ठानले १७ फागुनमा ११ जनालाई सम्मान गर्ने

भीम विराग प्रतिष्ठानले १७ फागुनमा ११ जनालाई सम्मान गर्ने

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
१४ फागुन, हेटौँडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ११ जना व्यक्तिलाई सम्मान गर्ने भएको छ । यहि १७ फागुनमा एक साहित्यिक कार्यक्रमकाबीच ४ वटा राष्ट्रिय र ७ वटा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यापन केशवलाल श्रेष्ठ तौजलेले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार उक्त अवसरमा पत्रकार, उद्यमी, संगीतकार, साहित्यकार, स्वास्थ्यकर्मी र विद्यार्थीलाई सम्मान गर्न लागिएको हो । प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कार–२०८१ बाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार–२०८१ बाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार–२०८१ बाट मकवानपुरका कलाकार भोलाराज सापकोटा, भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट काठमाडौंका पत्रकाररसाहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गर्ने भएको छ । प्रत्येक बिधाका पुरस्कृतलाई जनही नगद २५...
शान्तिटोलको सप्ताह ज्ञान महायज्ञमा २५ लाख बढी संकलन

शान्तिटोलको सप्ताह ज्ञान महायज्ञमा २५ लाख बढी संकलन

अर्थ, ताजा अपडेट, मनोरञ्जन, समाचार, हेटौँडा
१४ फागुन, हेटौडा । शान्तिटोल टोल विकास संस्था हेटौडा–६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बुधवार सम्म २५ लाख बढी रकम संकलन भएको छ । सप्ताहमा हेटौँडा ६ शान्तिटोल निवासी रविलाल गौतमबाट २६ हजार १२६ , सन्तोय प्रजा र सीता प्रजाबाट १५ हजार ५५५, प्रकाश ढुङ्गानाबाट १५ हजार ५५५, षडानन्द न्यौपानेबाट १५ हजार ५५५, बासुदेव सापकोटा र गोमा सापकोटाबाट १३ हजार १२५, भीमसेन पौडेलबाट ११ हजार १११, रामनाथ बास्तोला र धनकुमारी बास्तोलाबाट ११ हजार १०१, सिताराम भट्टराई बाट ११ हजार १५५, अरुण पराजुलीबाट १० हजार १११ दिपक बहादुर सिहबाट १० हजार ५ रुपैया रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक उद्वव प्रसाद गौतमले बताए । हेटौडा– ६ मा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने पवित्र उद्वेश्यका साथ लगाईएको सप्ताह ज्ञान महायज्ञ १५ गतेसम...
सैनिक कला प्रदर्शनी विशेष समारोहमा राष्ट्रपति पौडेल सरिक

सैनिक कला प्रदर्शनी विशेष समारोहमा राष्ट्रपति पौडेल सरिक

Breaking News 1, ताजा अपडेट, समाचार
१४ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना  स्थापनाकाे २६२ औं वार्षिकोत्सबकाे अवसरमा नेपाली  सेनाद्वारा  आयोजना गरिएको बढाईं तथा सैनिक कला प्रदर्शनी विशेष समारोहमा सरिक हुनुभएको छ । उक्त अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलकाे सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र ताेपबाट महाशिवरात्री  बढाइं तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाले विभिन्न रणकाैशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य  र सङगीतकाे धुन प्रदर्शन  गरेकाे थियो  । साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयाेग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण  र हतियार प्रदर्शन गरेकाे  थियोे । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको स...
आज महाशिवरात्री पर्व, देशभरका शिवालयमा पूजाधाराधना गरिँदै

आज महाशिवरात्री पर्व, देशभरका शिवालयमा पूजाधाराधना गरिँदै

Breaking News 2, ताजा अपडेट, समाचार
१४ फागुन, हेटौँडा । आज महाशिवरात्रि पर्व, देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीरू आज बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायत विभिन्न जिल्...
सिद्धार्थ माविको ४९ औं वार्षिकोत्सवमा उत्कृष्टा शिक्षक एवं विद्यार्थी सम्मानित

सिद्धार्थ माविको ४९ औं वार्षिकोत्सवमा उत्कृष्टा शिक्षक एवं विद्यार्थी सम्मानित

ताजा अपडेट, शिक्षा, समाचार, हेटौँडा
१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सव मंगलबार सम्पन्न गरेको छ । विद्यिालयले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ। हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका ५ जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा नगद सहित सम्मान गरिएको छ। विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाई, रोशन शाह, सुनिल शिवाकोटी, सुरुची रेग्मीलाई नगद ५ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो। यस्तै विद्यालयकी कर्मचारी सपनामाया गोलेलाई नगदसहित कदरपत्र र सबै भन्दी बढी उपस्थित हुने शिक्षकहरु सुप्रिया चौलागाई र शोभा तिम्सिनालाई ...
हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

samachar, ताजा अपडेट, शिक्षा, हेटौँडा
१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसले आफनो ३५ औं स्थापना दिवस मनाएको छ । क्याम्पसले साताव्यापी रुपमा अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । क्याम्पसले स्थापना दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालित भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलागयतका प्रतियोगिताका विजयीहरुलाई मङ्गलबार एक कार्यक्रमबीच परस्कार वितरण तथा सम्मान गरेको छ । स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताए । उनले प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गरे । का...
बागमती प्रदेश सरकारलाई प्रभावकारी बनाउन दुई दलीय संयन्त्रको निर्देशन

बागमती प्रदेश सरकारलाई प्रभावकारी बनाउन दुई दलीय संयन्त्रको निर्देशन

Breaking News 2, बागमती प्रदेश, राजनीति, समाचार
१३ फागुन, हेटौंडा । सत्ता पक्षिय दलहरु कांग्रेस र एमालेबीचको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकले ७ बुँदे निर्णय गर्दै प्रदेश सरकारलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । संयन्त्र संयोजक एवं एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले ७ बुँदे निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सरकारलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरुमा हुनुपर्ने राजनीतिक नियुक्ति समयमा नै गर्नुपर्ने, सरकारले तय गरेका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न र न्यून पुँजिगत खर्चलाई बढाउन छिटो, छरितो एवं प्रभावकारी तवरले योजना कार्यन्वयन गर्न निर्देश गरेको छ । यस्तै गत ११ र १२ असोजमा आएको बर्षा र बाढीबाट बागमती प्रदेश भित्र क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्ने कार्यलाई...
बागमतीका सहकारी मन्त्रीका स्वकीयको शंकास्पद मृत्यु

बागमतीका सहकारी मन्त्रीका स्वकीयको शंकास्पद मृत्यु

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, समाचार
१३ फागुन, हेटौँडा । बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार काठमाडौं कालिमाटी स्थित कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथिको कोठामा विषादी सेवन गरेको प्रहरी परिसर काडमाडौंका प्रहरी उपरिक्षक अपिलराज बोहराले जानकारी दिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको थियो । धादिङ धुनीबेशी–९ घर भएका ३६ वर्षीय थापाले आफ्ना साथि धुनिवेशी–८ घर भइ हाल काठमाडौं–१४ लिगमार्ग कलंकीमा बस्ने वर्ष २१ को शिव कुँवरको डेरामा दिउँसो २ बजे विषदी सेवन गरेको प्रहरी उपरिक्षक बोहराले जानकारी दिए । उनका अनुसार कोठामा कोहि नभएको अवस्थामा उनले विषादी सेवन गरेको प्रहरीको भनाई छ । कोठामा थापाका दाई पुग्दा अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उपचारको लागि कलंकी स्थ...