हेटौँडा क्याम्पसले मनायों ३५ औँ स्थापना दिवस

१३ फागुन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसले आफनो ३५ औं स्थापना दिवस मनाएको छ । क्याम्पसले साताव्यापी रुपमा अतिरिक्त क्रियाकलापलगायतका कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

क्याम्पसले स्थापना दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालित भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलागयतका प्रतियोगिताका विजयीहरुलाई मङ्गलबार एक कार्यक्रमबीच परस्कार वितरण तथा सम्मान गरेको छ ।

स्थापना दिवसको समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताए । उनले प्रदेश सरकारले सामुदायिक शैक्षिक संस्थाको विकासलाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा थप सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा हेटौँडा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले मकवानपुर जिल्लाको शैक्षिक विकासमा हेटौँडा क्याम्पसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दे प्रदेश सरकारले सामुदायिक क्याम्पसमा गरिने लगानीमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष नमूना पाण्डे, स्वतन्त्र विद्यार्थी युनियनका सभापति अभि मैनालीलगायतले बोलेका थिए ।

कार्यक्रमकाअ वसरमा शिक्षक सेवा आयोगबाट लिइएको परीक्षामा प्राथमिक तहतर्फ एक नम्बरमा नाम सिफारिश हुन सफल क्याम्पसका छात्रा एलिषा घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

साथै क्याम्पसका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज पोखेरेलले साताव्यापी रुपमा भएको भलिवल, फुटबल, दौड, चित्रकला, हाजिरीजवाफ, ब्याडमिण्टनलागयतका प्रतियोगिताका विजयी तथा उपविजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...