बागमती प्रदेश सरकारलाई प्रभावकारी बनाउन दुई दलीय संयन्त्रको निर्देशन

१३ फागुन, हेटौंडा । सत्ता पक्षिय दलहरु कांग्रेस र एमालेबीचको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकले ७ बुँदे निर्णय गर्दै प्रदेश सरकारलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

संयन्त्र संयोजक एवं एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले ७ बुँदे निर्णय गरेको हो । बैठकले बागमती प्रदेश सरकारलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरुमा हुनुपर्ने राजनीतिक नियुक्ति समयमा नै गर्नुपर्ने, सरकारले तय गरेका आयोजनाहरुलाई यथाशिघ्र सम्पन्न गर्न र न्यून पुँजिगत खर्चलाई बढाउन छिटो, छरितो एवं प्रभावकारी तवरले योजना कार्यन्वयन गर्न निर्देश गरेको छ ।

यस्तै गत ११ र १२ असोजमा आएको बर्षा र बाढीबाट बागमती प्रदेश भित्र क्षति भएका सम्पुर्ण संरचनाहरुलाई पुर्ननिर्माण र बिस्थापितहरुको पुर्नस्थापना गर्ने कार्यलाई तिब्रता दिन र बर्षातको समय नजिकिरहेकाले विपद जोखिम ब्यबस्थापनका लागि पुर्वतयारी कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन सरकारलाई निर्देश दिएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।

उनले बैठकले बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गर्न तथा सहकारीमा भएको कारोबारका कारण कोहि पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था मिलाउने कार्यलाई अझ सुदृढ र ब्यबस्थित रुपमा अगाडी निर्देश दिएको बताए ।

यस्तै प्रदेश सरकारका योजना तथा कार्यक्रमहरु अन्तर्गत भौतिक निर्माणका कार्यहरु सम्पन्न भैसकेका र कानूनी जटिलताका कारण म्याद थप हुन नसकी कार्य सम्पन्न, रकम भुक्तानी तथा संरचना हस्तानान्तरणमा अप्ठ्यारो परेका आयोजनाहरुको हकमा कानूनी जटिलता फुकाई दिन संघीय संयन्त्रलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा, एमालेका तर्फबाट बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा आमन्त्रीत सदस्यको रुपमा बागमती प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज