Author: Hetauda Live

कैलाशका बाल विकास शिक्षकलाई मन्टेश्वरी तालिम सुरु

कैलाशका बाल विकास शिक्षकलाई मन्टेश्वरी तालिम सुरु

Breaking News 2, कैलास, ताजा अपडेट, शिक्षा, समाचार
१३ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास शिक्षकहरुका लागि चार दिने मन्टेश्वरी तालिम मंगलबारबाट सुरु भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको हो । कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष ठकुरीले बालविकासका शिक्षकको कार्यक्षमतामा वृद्धि हुने ध्येयका साथ तालिम सञ्चालन गरिएको बताए । यो दोस्रो पटकको तालिम हो सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै उनले सुरुवातको सिकाइ नै गाह्रो सिकाई हो, त्यसलाई आत्मसाथ गर्दै आइरहनु भएको अवस्थामा यहाँहरुको भूमिका महत्वपूर्ण रहेको बताए । शिक्षा क्षेत्रमा हामी ...
चेपाङ आवास निर्माणका लागि कैलाशका ६ जना लाभग्राहीले गरे सम्झौता

चेपाङ आवास निर्माणका लागि कैलाशका ६ जना लाभग्राहीले गरे सम्झौता

Breaking News 1, कैलास, ताजा अपडेट, समाचार
१२ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारको चेपाङ अवास कार्यक्रम अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिकामा चेपाङ समुदायका ६ जनाले आवास निर्माणको लागि सम्झौता गरेका छन् । सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठकले लाभग्राही रहेका चेपाङ समुदयाका ६ जनाले सम्झौता गरेका हुन् । बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो । लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्ड अनुरुप घर बनाउनु भन्दै गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् । सम्झौता गर्ने काम नगर्ने कसैलाई छुट नभएके भन्दै उनले आफु बस्ने गरी आवास बनाउन आग्रह गरे । ‘राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो । काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्छ, उलने भने, ‘राज्यको लगानी सदुपय...
सेना दिवसमा मध्य पृतना हेडक्वार्टर हेटौँडाले खेलकुद गतिविधि गर्ने

सेना दिवसमा मध्य पृतना हेडक्वार्टर हेटौँडाले खेलकुद गतिविधि गर्ने

खेलकुद, ताजा अपडेट, समाचार
१२ फागुन, हेटौंडा । २६२ औँ सेना दिवस एवं महाशिवरात्रिको अवसर पारेर मध्य पृतना हेडक्वार्टर हेटौँडाले खेलकुद गतिविधिका साथै विविध सैनिक प्रदर्शनी गर्ने भएको छ । १७ फागुनमा आयोजना हुने कायक्रममा खेलकुद लगायत वाकाथन, एड्भेन्चर रेस च्यालेन्ज र नेपाली सेना सम्बन्धी विविध प्रदर्शनी हुने मध्य पृतना हेडक्वार्टर हेटौँडाका महासेनानी बिमल शर्माले जानकारी दिए । उनका अनुसार ‘हिड्नु र दौडनु, आफ्नो उत्कृष्टताको लागि’ भन्ने मूल नारा सहित वाकाथन, एड्भान्चर रेस च्यालेन्ज आयोजना गर्न लागिएको हो । ५ किलोमिटर दूरीको वाकाथान प्रतियोगितामा नेपाली सेनाका साथै सर्वसाधारणले समेत सहभागिता जनाउन पाउने महासेनानी शर्माको बताए । सामरी ग्राउन्डमा हुने एड्भान्चर रेस च्यालेन्जमा हेटौँडाका विभिन्न विद्यालयका २० टिम, नेपाली सेनाको १४ टिम र गैर सैनिक ७ टिमको सहभागिता रहने छ । दुबै विधातर्फ प्रथम, द्धितिय र तृतीय हुने...
पहिलो सहभागीमै चर्च ब्वाइजलाई बागमती गोल्डकपको उपाधी 

पहिलो सहभागीमै चर्च ब्वाइजलाई बागमती गोल्डकपको उपाधी 

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती
१२ फागुन, हेटौंडा । चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागीतामै बागमती गोल्डकपको उपाधि जितेको छ । चर्च ब्वाइजले ७ औं संस्करणको पहिलो सहमागीतामै बागमती गोल्डकपको उपाधि उचालेको हो । सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १–० गोलले निराश बनाउँदै चर्च ब्वाइजले उपाधी उचाल्यो । चर्च ब्वाइजलाई उपाधी दिलाउने क्रममा समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच गोलकर्ता तामाङनै घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेको खेलमा थप गोल हुन नसक्दा खेल चर्च ब्वाइजले १–० ले जितेको हो । यसअघि चर्च ब्वाइजले विभागीय टोली एपीएफ र मछिन्द्रले थ्री स्टारलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । चर्च ब्वाइजले उपाधिसँगै पायो १० लाख  उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट...
सप्ताह ज्ञान महायज्ञः १५ लाख बढी लाख संकलन

सप्ताह ज्ञान महायज्ञः १५ लाख बढी लाख संकलन

अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
१२ फागुन,  हेटौडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा– ६ शान्तिटोल द्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सोमवार सम्म १५ लाख बढी रकम संकलन भएको छ । सप्ताहमा हेटौँडा–६ शान्तिटोल निवासी महायज्ञका संयोजक केशव धितालबाट ५७ हजार ७१७, शिवम सिमेन्टबाट २१ हजार, रंगशाला गौरिटार टोल विकास संस्थाबाट १६ हजार ५, हेटौँडा–६ चौघडा निवासी नारायण प्रसाद लामिछानेबाट १ हजार २२२ रुयैयाँ प्राप्त भएको छ । यसैगरी मोर्डन ईन्स्फाक्चरबाट ११ हजार १११, हेटौडा ६ शान्तिटोल निवासी सावित्रीदेवी ढुंगानाबाट ११ हजार १११, सोहि ठाउँ निवासी तिर्थ खड्काबाट ११ हजार १११, हेटौँडा–१७ चुच्चेखोला निवासी श्यामकुमार मानन्धरबाट ११ हजार १११, हेटौडा–६ चौघडा निवासी दुर्गा लामिछानेबाट ११ हजार १११ र माथिल्लो हातीलेट टोल विकास संस्था हेटौँडा–६ बाट ११ हजार १११ सहयोग प्राप्त भएको छ । यस्तैगरी हेटौँडा १७ चुच्चेखोला निवासी शिव ...
मकवानपुर प्रहरीद्वारा विभिन्न घटनाका ५ जना पक्राउ गरी सर्वाजनिक

मकवानपुर प्रहरीद्वारा विभिन्न घटनाका ५ जना पक्राउ गरी सर्वाजनिक

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
१२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले विभिन्न घटनामा संलग्न रहेका ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । प्रहरीले अवैध हतियार ओसारपसारमा संलग्न २, अवैध सुन, लागूऔषध र चोरीका मोटरसाइकलबाट सामान परिवर्तन गर्ने कार्यमा संलग्न एक÷एक जना गरी ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । प्रहरीले ११ फागुनमा अवैध हतियार पेस्तोलसहित दुइजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुइजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट एक राउण्...
झाँक्रीहरुको गोम गुफा (तपस्या) सकियो

झाँक्रीहरुको गोम गुफा (तपस्या) सकियो

ताजा अपडेट, समाचार, हेटौँडा
१२ फागुन, हेटौँडा । हेटौंडा–१४ स्थित श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानीका गुफा बसेका झाँक्रीहरु आईतवार बाहिर निस्किएका छन् । सेले होईकर वोन्वो रिम ठिम अनुसार ७ दिने गोम गुफा (तपस्या) मा बसेका झाँकीहरु बाहिर निस्किएका हुन् । आईतवार एक कार्यक्रमको आयोजना गर्दै झाँकीहरु बाहिर निस्किएका हुन् । श्री छोर्बा बोम्बो तथा डम्फु सेलो संस्था कालोपानी ब्यबस्थापन समितिका अध्यक्ष तारा बहादुर बम्जनको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै मेयर लामाले सँस्कृतिलाई जगेर्ना गर्न झाँक्रीहरुको ठुलो योगदान रहेको बताईन् । ८० वर्षभन्दा माथिका नागरिकहरु अझै पनि आफ्नो सस्कृति जोगाउन लागिपरेको भन्दै मेयर लामाले धन्यवाद व्यक्त गरिन् । नेपालमा विभिन्न जातजाति बसोबास गर्ने सबैको आ–आफ्नै संस्कृति रहेको भन्दै मेय...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार, हेटौँडा
१२ फागुन, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा प्राध्यापक डा. दिनेश कुमार लम्साल नियुक्त भएका छन् । आइतबार प्रा. डा. लम्साललाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरिएको हो । प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शिक्षाध्यक्ष पदमा प्रा. डा. लम्साललाई नियुक्त गरेकी हुन् । प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा उक्त मन्त्रालयले अधिकार पाउन सकेको छैन । जसका कारण स्वास्थ्य मन्त्रीले वितरण गर्नुपर्ने नियुक्ति सामाजिक विकास मन्त्रालय मार्फत गरिएको हो । प्रा. डा. लम्साललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा १९ उपदफा ९१० अनुसार शिक्षाध्यक्ष पदमा नियुक्त गरिएको हो । गत वैशाख २०८१ मा मात्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त भएका उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त गरिएक...
७ औं बागमती गोल्डकपः उपाधिका लागि मछिन्द्र र चर्च ब्वाइज भिड्दै

७ औं बागमती गोल्डकपः उपाधिका लागि मछिन्द्र र चर्च ब्वाइज भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, बकैया, समाचार
१२ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज छिनोफानो हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि साविक विजेता मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । मछिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रलाई लगातार दोस्रो पटक उपाधी हात पार्ने अवसर छ भने चर्च ब्वाइजलाई पहिलोपटक उपाधी जित्ने अवसर छ । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।...
लागुऔषध नाइट्राभेटसहित हेटौँडाबाट दुईजना पक्राउ

लागुऔषध नाइट्राभेटसहित हेटौँडाबाट दुईजना पक्राउ

ताजा अपडेट, समाचार
११ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले अवैध लागुऔषध नाइट्राभेट एक हजार १८९ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ बस्ने २६ वर्षका प्रेमप्रसाद दाहाल र २२ वर्षकी निकिता पुडासैनी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट एक हजार १८९ ट्याब्लेट नाइट्राभेट फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६४ प ३१७६ नम्बरको स्कुटरको चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो । शंकाको आधारमा खानतलासी गर्दा स्कुटरको डिक्कीभित्र लुकाएर ल्याएको अवस्थामा एक हजार १८९ ट्याब्लेट लागुऔषध नाइट्राभेट फेला परेको प्रवक्ता अर्यालले बताए । लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन...