Author: Hetauda Live

झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने

झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने

Breaking News 2, ताजा अपडेट, बकैया, मनोरञ्जन, समाचार
१० फागुन, हेटौँडा । मकवानपुरको बकैयामा क्रियाशिल अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले ३१३ औं साहित्य ऋंखला एवं ३२ औं वार्षिक उत्सवका अवसरमा अयोजना हुने बकैया कला साहित्य महोत्वस २०८१ मा विभिन्न विद्याका १० जना स्रष्टासहित ११ जनालाई सम्मान गर्ने भएको छ । झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले फागुन १६ र १७ गते दुई दिन चल्ने साहित्य महोत्सवका अवसरमा विभिन्न कार्यक्रमसँगै सम्मान समर्पण कार्यक्रम गर्ने जानकारी दिए । उनका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन लगाएतका कार्यक्रम गरिने छ । झरनाका सचिव मसान उपासकले यसवर्ष एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याएका ११ जना व्यक्तित्व...
सप्ताह ज्ञान महायज्ञमा आईतवार सम्म १० लाख बढी लाख संकलन

सप्ताह ज्ञान महायज्ञमा आईतवार सम्म १० लाख बढी लाख संकलन

अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
११ फागुन, हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा– ६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आईतवारसम्म १० लाख बढी रकम संकलन भएको छ । सप्ताहमा हेटौँडा ६ निवासी पूर्णभद्र चौलागाई र रन्जिता चौलागाईबाट ५५ हजार ५५५, विनोद तायल हेटौडाबाट ५१ हजार, रक्षादेवी टोल विकास संस्था हेटौडा–६ बाट ३४ हजार, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँबाट २५ हजार, आशिक आवारा समूह, ललितपुरबाट २५ हजार ५ सय, हेटौँडा–६ घर भै हाल फिनल्यान्ड निवासी सोमप्रसाद चौलागाईबाट १५ हजार ५ सय, भुलभुले टोल विकास संस्था, हेटौँडा–६ बाट १५ हजार, हेटौँडा–६ निवासी साधुराम चौलागाईबाट १२ हजार ५ सय र गोविन्द प्रसाद सुवेदीबाट १२ हजार ५ सय प्राप्त भएको छ । यसैगरी हेटौँडा–१७ का वडा सदस्य नवराज न्यौपानेबाट १२ हजार ३ सय, सरस्वती पुडासैनी हेटौँडा ६ बाट ११ हजार, तारानाथ खतिव...
फाखेल-फर्पिङ सडक २० दिनलाई एकतर्फी

फाखेल-फर्पिङ सडक २० दिनलाई एकतर्फी

Breaking News 1, ताजा अपडेट
१० फागुन, हेटौँडा । छोटो दुरीको सडक खण्ड हेटौँडा–फाखेल–फर्पिङ २० दिनका लागि एकतर्फी गरिएको छ । सडक स्तरोन्नती गर्नुपर्ने भएपछि यो सडक खण्ड एकतर्फी गरिएको हो । प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले एक सूचना जारी गर्दै १० गते शनिवारदेखि २० दिनका लागि सवारी साधनको आवागमन एकतर्फी गरिएको जानकारी दिएको छ । कार्यलयले हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलंकीदेखि महालक्ष्मीखोलासम्म सडक ढलान गर्नुपर्ने भएकाले सवारी साधन आवागमन एकतर्फी गरेको जनाएको छ । इन्द्रसरोवर गाउपालिका वडा नम्बर ४ र २ को सिमा क्षेत्रमा पर्ने माहलक्ष्मीखोलामा पक्कि पुल निर्माणको काम पनि भइरहेको छ । सडक ढलानका क्रममा सवारी साधनको चापका कारण निर्माण कार्यमा असहजता हुने भएकोले सवारी एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुर प्रमुख...
अनुपम घलान स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

अनुपम घलान स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
१० फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडाका अनुपम घलानको स्मृतिमा सञ्चालित पहलो संकरणको अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि हेटौँडा १५ नम्बर वडाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १८ लाई सडनडेथमा हराउँदै १५ ले उपाधि जितेको हो । उसले उपाधिसहित नगद एकलाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको १८ नम्बर वडाले ७० हजार रुपैयाँ पाएको छ । प्रतियोगिता अन्तर्गत फाइनले खेलको निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुङ्गो लगाइएको हो । १५ ले ८ नम्बर वडालाई र १८ ले ९ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा १५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक समेत घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेण्डर ...
साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
१० फागुन, हेटौँडा । साविक विजेता मच्छिन्द्र क्लब ७ औं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रले उपाधिका लागि सोमबार हुने फाइनल खेलमा चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ । बागमती गाउँपालि ४ स्थित सहिद स्मृति रंगशालामा शनिवार भएको दोस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्रले चौथो संस्करणको विजेता टोली थ्री स्टार क्लबलाई ३–१ गोलले निराश बनाउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको हो । मछिन्द्रको जीतका लागि शिशिर लेखि, समिराज थोकर, र विदेशी खेलाडी स्टेफेनले एक÷एक गोल गरे । थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले बनाएको थियो । खेलको पहिलो हाफको ३७ औं मिनेटमा विदेशी खेलाडी एलेक्सको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो । तर सम्हालिएर खेल्न नसक्दा थ्री स्टारले दोस्रो पटक उपाधिका लागि उपाधि भिडन्त गर्ने अवसर गुमा...
२०५४ साल यता पहिलो पटक परीक्षामा सहभागिलाई त्रिविले मौका दिने

२०५४ साल यता पहिलो पटक परीक्षामा सहभागिलाई त्रिविले मौका दिने

Breaking News 2, ताजा अपडेट, शिक्षा, समाचार
१० फागुन, हेटौँडा । त्रिभुवन विश्वविद्यालयले २०५४ साल यता पहिलोपटक परीक्षामा सहभागी भएका तर उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि मौका परीक्षाकाको अवसर दिएको छ । पढाइ अगाडि बढाउन नसकेकाहरू त्रिविको यो निर्णयबाट खुसी भएका छन् । तर यसको मान्यता, परीक्षा र प्रश्नपत्रको बारेमा भने विद्यार्थीको बुझाइ फरक देखिएको छ । काठमाडौँ बल्खुमा रहेको त्रिभुवन विश्व विद्यालय परिसरमा हिजोआज निकै चहलपहल देखिएको छ । उनीहरू परीक्षाको फारम भर्न विश्व विद्यालय पुगेका हुन् । त्रिविले वार्षिक परीक्षा प्रणालीअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो अनि स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूको लागि मौका दिन लागेको हो । परीक्षाको बेलामा आएको स्वास्थ्यदेखि अरु भ...
बागमती गोल्डकपः फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै

बागमती गोल्डकपः फाइनल प्रवेशका लागि मछिन्द्र र थ्री स्टार भिड्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती
१० फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा साविक मछिन्द्र क्लब र चौथो संस्करणको विजेता थ्री स्टार भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछन् । प्रतियोगितामा मछिन्द्रले सर्लाहीको बागमती युवा क्लबलाई र थ्री स्टारले हिमालयन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । मचिन्द्र गत संस्करणको विजेता टोलि हो भने थ्री स्टार चौथो संस्करणको विजेता टोलि हो । गत संस्करणमा मछिन्द्रले विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई हराउँदै उपाधी जितेको थियो भने थ्री स्टारले चौथो संस्करणमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै उपाधी जितेको थियो । शनिबारको विजेता टोलिले उपाधीका ल...
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
९ फागुन, हेटौँडा । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती(४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्ड नायक बने । उनले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा लगातार दुई गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेटमा एक गोल गरे । यस्तै एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्कीले खेलको ८८ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ । प्रतियोगितामा एपीएफ...
मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने

मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने

ताजा अपडेट, समाचार
९ फागुन, हेटौंडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् । नवलपरासी पश्चिमकी सिडिओ रहेकी श्रेष्ठ मकवानपुरको सिडिओ भएर आउन लागेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले शुक्रबार २ जना प्रजिअको सरुवा गर्दा नवलपरासी पश्चिममा प्रजिअ रहेकी श्रेष्ठ मकवानपुर आउन लागेकी हुन् । यस्तै मकवानपुरका प्रजिअ तिर्थराज चिलुवाल सरुवा भएसंगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन् । श्रेष्ठ मकवानपुरमा पहिलो महिला प्रजिअका रुपमा आउन लागेकी हुन् । उनको यो माइती जिल्ला समेत हो...
राजाको प्रस्तावलाई सकारात्मक ढंगले लिन कमल थापाको आग्रह

राजाको प्रस्तावलाई सकारात्मक ढंगले लिन कमल थापाको आग्रह

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
९ फागुन, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय मेलमिलापको राजाको प्रस्तावलाई सबैले सकारात्मक ढंगले लिन आग्रह गरेका छन् । शुक्रवार हेटौँडामा भएको राप्रपा नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले नेकपा एमाले, कांग्रेस, माओवादी लगायतका दललाई पुर्व राजा ज्ञानेन्द्र शाहको प्रस्तावलाई सकरात्मक लिन आग्रह गरेका हुन् । उनले अहिलेको अवस्थामा कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको मेलमिलाप नीति जरुरी भएको औंल्याए । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनको दावी छ । ‘देश बचाउन राजा र जनताको साझेदारी आवश्यक छ,’ उनले भने, ‘अहिलेको अवस्थामा वीपी कोइरालाको मेलमिलाप नीति अपरिहार्य देखिन्छ । वीपीको मेलमिलापको निति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको छ ।’ अध्यक्ष थापाले प्रजातन्त्र दिवसका अवसरमा पूर्व राज...