एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

९ फागुन, हेटौँडा । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती(४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्ड नायक बने । उनले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा लगातार दुई गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेटमा एक गोल गरे । यस्तै एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्कीले खेलको ८८ औं मिनेटमा गोल गरे ।
खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेतामै सिमित बनेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि शनिबार मछिन्द्र फुटबल क्लब र थ्रीस्टार क्लबबीच हुनेछ। फाइनल खेल्व सोमबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५(२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...