१० फागुन, हेटौँडा । त्रिभुवन विश्वविद्यालयले २०५४ साल यता पहिलोपटक परीक्षामा सहभागी भएका तर उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि मौका परीक्षाकाको अवसर दिएको छ । पढाइ अगाडि बढाउन नसकेकाहरू त्रिविको यो निर्णयबाट खुसी भएका छन् ।
तर यसको मान्यता, परीक्षा र प्रश्नपत्रको बारेमा भने विद्यार्थीको बुझाइ फरक देखिएको छ । काठमाडौँ बल्खुमा रहेको त्रिभुवन विश्व विद्यालय परिसरमा हिजोआज निकै चहलपहल देखिएको छ । उनीहरू परीक्षाको फारम भर्न विश्व विद्यालय पुगेका हुन् ।
त्रिविले वार्षिक परीक्षा प्रणालीअनुसार मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो अनि स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूको लागि मौका दिन लागेको हो ।
परीक्षाको बेलामा आएको स्वास्थ्यदेखि अरु भैपरी हुने समस्याका कारण पनि छुटेकाहरूले मौका परीक्षालाई सुनौलो अवसरको रूपमा लिएका छन् । मौका परीक्षामा सहभागी हुन यही फागुन २३ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुरसहित आवेदन फाराम बुझाउन सकिनेछ ।
यो परीक्षामा ५ देखि ७ हजार विद्यार्थी सहभागी हुने त्रिविले अनुमान गरेको छ । मौका परीक्षा भनिए पनि प्रश्नपत्र बनाउने शैली, विषयवस्तु, मापदण्ड र वैधानिकतामा कुनै फरक नभएको परीक्षा नियन्त्रक पुुष्पराज जोशीले जानकारी दिए ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।