फाखेल-फर्पिङ सडक २० दिनलाई एकतर्फी

१० फागुन, हेटौँडा । छोटो दुरीको सडक खण्ड हेटौँडा–फाखेल–फर्पिङ २० दिनका लागि एकतर्फी गरिएको छ । सडक स्तरोन्नती गर्नुपर्ने भएपछि यो सडक खण्ड एकतर्फी गरिएको हो ।

प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले एक सूचना जारी गर्दै १० गते शनिवारदेखि २० दिनका लागि सवारी साधनको आवागमन एकतर्फी गरिएको जानकारी दिएको छ ।

कार्यलयले हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलंकीदेखि महालक्ष्मीखोलासम्म सडक ढलान गर्नुपर्ने भएकाले सवारी साधन आवागमन एकतर्फी गरेको जनाएको छ ।

इन्द्रसरोवर गाउपालिका वडा नम्बर ४ र २ को सिमा क्षेत्रमा पर्ने माहलक्ष्मीखोलामा पक्कि पुल निर्माणको काम पनि भइरहेको छ ।
सडक ढलानका क्रममा सवारी साधनको चापका कारण निर्माण कार्यमा असहजता हुने भएकोले सवारी एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुर प्रमुख सुजन भण्डारीले जानकारी दिए ।

हेटौँडा–फाखेल–हुमाने सडकबाट हेटौँडा–काठमाडौं जाने गरी एकतर्फी सवारी चलाउनुपर्ने भएकाले आवश्यक समन्वय गरिदिन काठमाडौं र मकवानपुर जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरिएको छ ।

यस क्रममा हेटौँडाबाट काठमाडौंतर्फ जान हेभी–सिस्नेरी–दक्षिणकालीलाई वैकल्पिक रुटका रुपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

यता महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग पनि स्तरोन्नतिका क्रममा गत आइतबारदेखि डेढ महिनाका लागि बन्द छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ अन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको केही स्थानको मोडहरुमा सडक ढलानको काम भइरहेको छ ।

फोटो सौजन्यः आस बहादुर ब्लोनको फेसबुक पेजबाट

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...