फाखेल-फर्पिङ सडक २० दिनलाई एकतर्फी

१० फागुन, हेटौँडा । छोटो दुरीको सडक खण्ड हेटौँडा–फाखेल–फर्पिङ २० दिनका लागि एकतर्फी गरिएको छ । सडक स्तरोन्नती गर्नुपर्ने भएपछि यो सडक खण्ड एकतर्फी गरिएको हो ।

प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले एक सूचना जारी गर्दै १० गते शनिवारदेखि २० दिनका लागि सवारी साधनको आवागमन एकतर्फी गरिएको जानकारी दिएको छ ।

कार्यलयले हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलंकीदेखि महालक्ष्मीखोलासम्म सडक ढलान गर्नुपर्ने भएकाले सवारी साधन आवागमन एकतर्फी गरेको जनाएको छ ।

इन्द्रसरोवर गाउपालिका वडा नम्बर ४ र २ को सिमा क्षेत्रमा पर्ने माहलक्ष्मीखोलामा पक्कि पुल निर्माणको काम पनि भइरहेको छ ।
सडक ढलानका क्रममा सवारी साधनको चापका कारण निर्माण कार्यमा असहजता हुने भएकोले सवारी एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुर प्रमुख सुजन भण्डारीले जानकारी दिए ।

हेटौँडा–फाखेल–हुमाने सडकबाट हेटौँडा–काठमाडौं जाने गरी एकतर्फी सवारी चलाउनुपर्ने भएकाले आवश्यक समन्वय गरिदिन काठमाडौं र मकवानपुर जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरिएको छ ।

यस क्रममा हेटौँडाबाट काठमाडौंतर्फ जान हेभी–सिस्नेरी–दक्षिणकालीलाई वैकल्पिक रुटका रुपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

यता महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग पनि स्तरोन्नतिका क्रममा गत आइतबारदेखि डेढ महिनाका लागि बन्द छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ अन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गतको देउराली मातातीर्थ खण्डको केही स्थानको मोडहरुमा सडक ढलानको काम भइरहेको छ ।

फोटो सौजन्यः आस बहादुर ब्लोनको फेसबुक पेजबाट

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...