Day: February 23, 2025

लागुऔषध नाइट्राभेटसहित हेटौँडाबाट दुईजना पक्राउ

लागुऔषध नाइट्राभेटसहित हेटौँडाबाट दुईजना पक्राउ

ताजा अपडेट, समाचार
११ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले अवैध लागुऔषध नाइट्राभेट एक हजार १८९ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ बस्ने २६ वर्षका प्रेमप्रसाद दाहाल र २२ वर्षकी निकिता पुडासैनी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट एक हजार १८९ ट्याब्लेट नाइट्राभेट फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६४ प ३१७६ नम्बरको स्कुटरको चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो । शंकाको आधारमा खानतलासी गर्दा स्कुटरको डिक्कीभित्र लुकाएर ल्याएको अवस्थामा एक हजार १८९ ट्याब्लेट लागुऔषध नाइट्राभेट फेला परेको प्रवक्ता अर्यालले बताए । लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन...
झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने

झरनाले बकैया कला साहित्य महोत्वसका अवसरमा ११ जनालाई सम्मान गर्ने

Breaking News 2, ताजा अपडेट, बकैया, मनोरञ्जन, समाचार
१० फागुन, हेटौँडा । मकवानपुरको बकैयामा क्रियाशिल अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले ३१३ औं साहित्य ऋंखला एवं ३२ औं वार्षिक उत्सवका अवसरमा अयोजना हुने बकैया कला साहित्य महोत्वस २०८१ मा विभिन्न विद्याका १० जना स्रष्टासहित ११ जनालाई सम्मान गर्ने भएको छ । झरनाका अध्यक्ष विश्वनाथ सन्जेलले फागुन १६ र १७ गते दुई दिन चल्ने साहित्य महोत्सवका अवसरमा विभिन्न कार्यक्रमसँगै सम्मान समर्पण कार्यक्रम गर्ने जानकारी दिए । उनका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन लगाएतका कार्यक्रम गरिने छ । झरनाका सचिव मसान उपासकले यसवर्ष एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याएका ११ जना व्यक्तित्व...
सप्ताह ज्ञान महायज्ञमा आईतवार सम्म १० लाख बढी लाख संकलन

सप्ताह ज्ञान महायज्ञमा आईतवार सम्म १० लाख बढी लाख संकलन

अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
११ फागुन, हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा– ६ शान्तिटोलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आईतवारसम्म १० लाख बढी रकम संकलन भएको छ । सप्ताहमा हेटौँडा ६ निवासी पूर्णभद्र चौलागाई र रन्जिता चौलागाईबाट ५५ हजार ५५५, विनोद तायल हेटौडाबाट ५१ हजार, रक्षादेवी टोल विकास संस्था हेटौडा–६ बाट ३४ हजार, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँबाट २५ हजार, आशिक आवारा समूह, ललितपुरबाट २५ हजार ५ सय, हेटौँडा–६ घर भै हाल फिनल्यान्ड निवासी सोमप्रसाद चौलागाईबाट १५ हजार ५ सय, भुलभुले टोल विकास संस्था, हेटौँडा–६ बाट १५ हजार, हेटौँडा–६ निवासी साधुराम चौलागाईबाट १२ हजार ५ सय र गोविन्द प्रसाद सुवेदीबाट १२ हजार ५ सय प्राप्त भएको छ । यसैगरी हेटौँडा–१७ का वडा सदस्य नवराज न्यौपानेबाट १२ हजार ३ सय, सरस्वती पुडासैनी हेटौँडा ६ बाट ११ हजार, तारानाथ खतिव...
फाखेल-फर्पिङ सडक २० दिनलाई एकतर्फी

फाखेल-फर्पिङ सडक २० दिनलाई एकतर्फी

Breaking News 1, ताजा अपडेट
१० फागुन, हेटौँडा । छोटो दुरीको सडक खण्ड हेटौँडा–फाखेल–फर्पिङ २० दिनका लागि एकतर्फी गरिएको छ । सडक स्तरोन्नती गर्नुपर्ने भएपछि यो सडक खण्ड एकतर्फी गरिएको हो । प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले एक सूचना जारी गर्दै १० गते शनिवारदेखि २० दिनका लागि सवारी साधनको आवागमन एकतर्फी गरिएको जानकारी दिएको छ । कार्यलयले हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलंकीदेखि महालक्ष्मीखोलासम्म सडक ढलान गर्नुपर्ने भएकाले सवारी साधन आवागमन एकतर्फी गरेको जनाएको छ । इन्द्रसरोवर गाउपालिका वडा नम्बर ४ र २ को सिमा क्षेत्रमा पर्ने माहलक्ष्मीखोलामा पक्कि पुल निर्माणको काम पनि भइरहेको छ । सडक ढलानका क्रममा सवारी साधनको चापका कारण निर्माण कार्यमा असहजता हुने भएकोले सवारी एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुर प्रमुख...