Author: Hetauda Live

युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

अर्थ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
९ फागुन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न आर्थिक उपार्जनमा जोड्न आवस्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारले उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगारीको अवसरहरु सृजना गर्नुपर्ने बताए । बागमती प्रदेश युवा परिषदको ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिपसहितको युवा उत्पादनमा सरकारले काम गर्नुपर्ने बताए । ‘गुणस्तरिय र दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी बढाएर आयआर्जनमा जोड्ने प्रकृतिका कार्यक्रमहरु संचालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारीको लागि युवाहरु धमाधम विदेश पलाएन भईरहेकोले उनीहरुलाई स्वदेशमै रोजगारी दिने उदेश्यले बागमती प्रदेशले सिपमुलुक कार्यक्रम संचालनमा ल्याएको हो ।’ मन्त्री महर्जनले विद्यालयस्तरको शिक्षालाई आर्थिक उपार्जन र सिपसंग जोडेर अघि बढाउनु पर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयको...
अनुपम स्मृति फुटबलः हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

अनुपम स्मृति फुटबलः हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

खेलकुद, ताजा अपडेट, हेटौँडा
९ फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुमप घलानको स्मृतिमा जारी १६ वर्षमुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा हेटौँडाको वडा नम्बर १५ र १८ फाइनल प्रवेश गरेको छन् । शुक्रबार भएको सेमिफाइनल खेलबाट १५ ले ८ र १८ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा १५ नम्बर वडाले ८ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । १५ नम्बर वडाको जितका लागि दुवै गोल रोहित डिम्डुङले गरे । उनले खेलको १२ औं र ५१ औं मिनेटमा गोल गरेका थिए । यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा १८ नम्बर वडाले ९ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । खेलमा सुरुवाती अग्रता बनाएकोे ९ नम्बरले त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो । ९ नम्बर वडाका लागि सञ्जित कार्कीले पहिलो मिनेटमै गोल गरेका थिए । तर १८ नम्बर वडाका अभिराज थापा म...
लदी पर्वको अवसरमा माझि समुदायलाई सार्वजनिक बिदा

लदी पर्वको अवसरमा माझि समुदायलाई सार्वजनिक बिदा

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
९ फागुन, हेटौँडा । बागमती प्रदेश सरकारले माझी समुदायको लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यहि फागुन २० गते परेको लदी (कोशी) पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बागमती प्रदेशमा माझि समुदायको बाक्लो उपस्थिति रहेकाले लदी (कोशी) पर्वका दिन सम्पुर्ण समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा प्रमुख बसोवास रहेको छ । यसअघि नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले लदी(कोशी) पूजाका अवसरमा बागमती प्रदेश सरकारसँग सार्वजनिक बिदा दिन माग गरेको थियोे । संघले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङलाई गत माघको अन्तिम साता ज्ञापनपत्र बुझाउँदै नेपालमा रहेका विभ...
बागमतीका ८६ प्रतिशात किशोरीले मात्रै एचपिभी खोप लगाए

बागमतीका ८६ प्रतिशात किशोरीले मात्रै एचपिभी खोप लगाए

Breaking News 1, ताजा अपडेट, समाचार, स्वास्थ्य
९ फागुन, हेटौंडा  । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लाका दुई लाख ५६ हजार १९१ जनाले मात्रै खोप लगाएका हुन् । अभियानमा दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान गत २२ माघदेखि शुरू भएर ६ फागुनमा सकिएको हो । १३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा  शतप्रतिशत किशोरीहरुले खोप लगाएका छन् । मन्त्रालयका अनुसार नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा अभियानको अन्तिम दिन फागुन ६ गतेसम्म ११ हजार १६० जना किशोरीहरुले खोप लगाएका हुन् । यस्तै दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । दोलखामा छ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा...
बागमती गोल्डकप: फाइनलका लागि एपीएफ र चर्च ब्वाइज भिड्दै

बागमती गोल्डकप: फाइनलका लागि एपीएफ र चर्च ब्वाइज भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, बकैया, समाचार
९ फागुन हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज शुक्रबारदेखि सुरु हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाईज युनाइटेड भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रदै छन् । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता मा सिमित बनेको थियो । यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि शनिबार हुनेछ । दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र थ्रीस्टार बीच प्रतिस्पर्धा हुनेछ।...
अनुपम घलान स्मृति फुटबलः वडा नम्बर १२, १५ र १९ सेमीफाइनलमा

अनुपम घलान स्मृति फुटबलः वडा नम्बर १२, १५ र १९ सेमीफाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार, हेटौँडा
९ फागुन, हेटौंडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा १२ का अनुमप घलानको स्मृतिमा सुरु भएको १६ वर्ष मुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका छन् । नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको बिहीबारको खेलमा जीत निकाल्दै वडा नम्बर १२, १५ र १९ सेमिफाइनमा प्रवेश गरेका हुन् । प्रतियोगिता अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा–६ लाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै हेटौँडा १५ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समय एक–एक गोलको बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको थियो । खेलको निर्धारित समयमा हेटौँडा–६ का लागि अनुज राई र हेटौँडा–१५ का लागि असिम वाईवाले एक÷एक गोल गरेका थिए । यस्तै बिहीबार नै भएको दोस्रो क्वार्टरफाइनल खेलमा हेटौँडा–९ लाई ३–१ गोलअन्तरले ह...
लेबनानलाई हराउँदै नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा

लेबनानलाई हराउँदै नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा

Breaking News 1, खेलकुद, ताजा अपडेट, समाचार
८ फागुन, हेटौँडा । लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हराएको हो । नेपालको जितका लागि सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा निर्णयक गोल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो । अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो । बिहीबार नै भएको अर्को खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो । अब समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गत...
साबिक विजेता मच्छिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता मच्छिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

Breaking News 2, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
८ फागुन, हेटौँडा । साबिक विजेता मच्छिन्द्र क्लब सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रको जितमा खेलको ४३औँ मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरेका हुन् । बागमतीका खेलाडी हेमन्त भुजेलले गोललाइनमा हातले बल रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । खेलको म्यान अफ द म्याच मच्छिन्द्रकै शिशिर लेखी भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्रले बाई पाएर सीधै क्वार्टरफाइनलमा स्थान पाएको थियो । मच्छिन्द्र गत संस्करणको विजेता टोली हो। गत संस्करणमा एपिएफलाई हराउँदै मच्छिन्द्रले...
कैलाश गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भवानी मावि प्रथम

कैलाश गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भवानी मावि प्रथम

Breaking News 2, कैलास, खेलकुद, ताजा अपडेट, समाचार
८ फागुन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाश–३ मा रहेको भवानी माध्यामिक विद्यालय प्रथम भएको छ । ९ स्वर्ण, एक रजत र २ कास्यसहित १२ पदक जितेको भवानीले प्रथम हुँदै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पालिका भित्रका ६ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा ४ स्वर्ण र एक कास्य गरी ५ पदकसहित कैलाश २ मा रहेको कमलादेवी मावि द्धितीय भएको छ भने २ स्वर्ण, ५ रजत र ६ कास्य गरी १३ पदकसहित कैलाश ९ मा रहेको कालिका मावि तृतीय भएको छ । प्रतियोगितामा हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्धितीय र...
भीरबाट लडेर थाहामा युवकको मृत्यु

भीरबाट लडेर थाहामा युवकको मृत्यु

Breaking News 2, ताजा अपडेट, थाहा, समाचार
८ फागुन, हेटौंडा । मकवानपुरको थाहामा भीरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नम्बर ५ नलिबन बस्ने श्याम बहादुर पाख्रिनको ३२ वर्षीय छोरा राज कुमार पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरी प्रहरी डिएसपी श्यामु अर्यालका अनुसार बुधबार राति १:५० बजे थाहा नगरपालिका-८ दामगढीबाट बिवाहको भोज खाई फर्कदै गर्दा थाहा नगरपालिका-७ भट्टीडाँडा स्थित पार्वती गोलेको खाजाघरमा चुरोट किनी सोही खाजाघर पछाडी पिसाब गर्न जादा भिरबाट अन्दाजी २ सय  मिटर तल लडी घटनास्थलमा मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमाण्डमा अनुसन्धान टोली खटी गई घटनास्थल मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको प्रवक्ता अर्यालले बताए । पाख्रीनको घटनाको सम्बन्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।...