बागमतीका ८६ प्रतिशात किशोरीले मात्रै एचपिभी खोप लगाए

९ फागुन, हेटौंडा  । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लाका दुई लाख ५६ हजार १९१ जनाले मात्रै खोप लगाएका हुन् । अभियानमा दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान गत २२ माघदेखि शुरू भएर ६ फागुनमा सकिएको हो ।

१३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा  शतप्रतिशत किशोरीहरुले खोप लगाएका छन् । मन्त्रालयका अनुसार नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा अभियानको अन्तिम दिन फागुन ६ गतेसम्म ११ हजार १६० जना किशोरीहरुले खोप लगाएका हुन् ।

यस्तै दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । दोलखामा छ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा छ हजार ४८० जनाले खोप लगाएका हुन् ।

यसैगरी, रामेछापका सात हजार ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५२ अर्थात् ९८ प्रतिशत, सिन्धुपाल्चोकका १० हजार ४६८ मध्ये १० हजार ११७ अर्थात् ९७ प्रतिशत, सिन्धुलीका १४ हजार ६२२ मध्ये १४ हजार ८२ अर्थात् ९६ प्रतिशत, बागमती प्रदेशमा सबैभन्दा कम रसुवाका एक हजार ६८६ जनामा एक हजार ६२० अर्थात् ९६.१ प्रतिशतलाई एचपिभी खोप लगाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार ५१५ अर्थात् ९६ प्रतिशत, धादिङका १४ हजार ५७३ जनामा १३ हजार ८२४ अर्थात ९५ प्रतिशत, मकवानपुरका २२ हजार ७१३ जनामा २० हजार ९३ अर्थात ८८ प्रतिशत, चितवनका ३१ हजार ५७० जनामा २६ हजार ४४७ अर्थात ८४ प्रतिशत किशोरीले खोप लगाएका छन्।

यस्तै, भक्तपुरका १९ हजार २९५ जनामा १६ हजार ३७६ अर्थात ८५ प्रतिशत, प्रदेशमा सबैभन्दा बढी काठमाडौंका एक लाख ११ हजार १०४ जनामा ८८ हजार १०८ अर्थात ७९ प्रतिशत र ललितपुरका ३१ हजार ९८५ जनामा २५ हजार ११७ जना अर्थात ७९ प्रतिशत किशोरीले एचपिभी खोप लगाएका छन् ।

गएको माघ २२ गतेबाट सुरु भएको अभियान ६ फागुनसम्म चलेको थियो । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।

खोप अभियान सञ्चालनका लागि प्रदेशमा आठ हजार ७३६ स्वयंसेवक र चार हजार ३२४ जना कर्मचारी खटाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानमा खोप लगाउन छुटेका किशोरीलाई नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...