अनुपम स्मृति फुटबलः हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

९ फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुमप घलानको स्मृतिमा जारी १६ वर्षमुनिको हेटौँडा नगर स्तरीय फुटबल प्रतियोगितामा हेटौँडाको वडा नम्बर १५ र १८ फाइनल प्रवेश गरेको छन् । शुक्रबार भएको सेमिफाइनल खेलबाट १५ ले ८ र १८ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा १५ नम्बर वडाले ८ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । १५ नम्बर वडाको जितका लागि दुवै गोल रोहित डिम्डुङले गरे । उनले खेलको १२ औं र ५१ औं मिनेटमा गोल गरेका थिए । यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा १८ नम्बर वडाले ९ नम्बर वडालाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनायो । खेलमा सुरुवाती अग्रता बनाएकोे ९ नम्बरले त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो ।

९ नम्बर वडाका लागि सञ्जित कार्कीले पहिलो मिनेटमै गोल गरेका थिए । तर १८ नम्बर वडाका अभिराज थापा मगरले खेलको ३६ औं र ३९ औं मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई जित दिलाए । यसअघि सेमिफाइनल प्रवेश गरेको १९ नम्बर वडाले १६ वर्ष भन्दा माथि उमेर समूहको खेलाडी खेलाएको प्रमाणित भएपछि दावी विरोध लागेको थियो । १९ नम्बर वडा प्रतियोगिताबाट बाहिरिएपछि उसको स्थानमा ८ नम्बर वडाले सेमिफाइनल खेलेको हो ।

फाइनल खेल शनिबार दिउँसो हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेता टिमले एक लाख तथा उपविजेता टिमले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र अन्य विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...