युवा पलाएन रोक्न आर्थिक उपार्जनमा जोड्न दिनु आवस्यकः मन्त्री महर्जन

९ फागुन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न आर्थिक उपार्जनमा जोड्न आवस्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारले उत्पादनमुखि क्षेत्रमा लगानी गरी रोजगारीको अवसरहरु सृजना गर्नुपर्ने बताए ।
बागमती प्रदेश युवा परिषदको ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गर्दै मन्त्री महर्जनले सिपसहितको युवा उत्पादनमा सरकारले काम गर्नुपर्ने बताए ।
‘गुणस्तरिय र दक्ष जनशक्ति उत्पादनमा सरकारले लगानी बढाएर आयआर्जनमा जोड्ने प्रकृतिका कार्यक्रमहरु संचालन गर्नुपर्छ,’ उनले भने, ‘रोजगारीको लागि युवाहरु धमाधम विदेश पलाएन भईरहेकोले उनीहरुलाई स्वदेशमै रोजगारी दिने उदेश्यले बागमती प्रदेशले सिपमुलुक कार्यक्रम संचालनमा ल्याएको हो ।’
मन्त्री महर्जनले विद्यालयस्तरको शिक्षालाई आर्थिक उपार्जन र सिपसंग जोडेर अघि बढाउनु पर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयको बजेट न्यून रहँदा पनि युवा र खेलाडीहरुको चाहना अनुसार कार्यक्रमहरु अघि बढाएको उनको दावी छ ।
‘युवा र खेलकुद क्षेत्रमा केही गर्ने अठेटका साथ कम बजेट हुँदा समेत अनुभवका आधारमा मैले मन्त्रालय सम्हालेको हुँ । म मन्त्री हुनुभन्दा पहिले नै बजेट विनियोजन भइसकेकाले सोचे अनुरुप काम गर्न सकिएको छैन, उनले भने, तर पनि युवा र खेलाडीहरुको भावना बुझेर काम गर्ने प्रयास गरिरहेको छु ।’
मन्त्री महर्जनले यसअघिका मन्त्रीहरुले युवा परिषद र खेलकुद परिषदमा निकै न्यून बजेट विनियोजन गरेको भन्दै आक्रोश व्यक्त गरे ।
प्रदेश युवा परिषदको आर्थिक सहयोगमा सन्चालित निःशुल्क सीपमुलक तालिम १६०÷३९० घण्टे ९विल्डिङ ईलेक्ट्रिसियन, कुक, मन्टेश्वरी, बारिष्टा, ब्यूटिसियन र वेटर० तामिम संचालन हुने बागमती प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।
३ महिनासम्म हेटौँडामा संचालन हुने उक्त सिपमुलुक तालिममा एक हजार ३०० जनाल सहभागिता जनाउँने उपाध्यक्ष चौलागाईँले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...