अनुपम घलान स्मृति फुटबलको उपाधि १५ नम्बरले जित्यो

१० फागुन, हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडाका अनुपम घलानको स्मृतिमा सञ्चालित पहलो संकरणको अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि हेटौँडा १५ नम्बर वडाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १८ लाई सडनडेथमा हराउँदै १५ ले उपाधि जितेको हो । उसले उपाधिसहित नगद एकलाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको १८ नम्बर वडाले ७० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिता अन्तर्गत फाइनले खेलको निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको टुङ्गो लगाइएको हो । १५ ले ८ नम्बर वडालाई र १८ ले ९ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा १५ का गोलरक्षक विकेश थिङ भए । उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक समेत घोषित भए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेण्डर १५ का नविन लो, मिडफिल्डर १८ का साजन लोप्चन, फरवार्ड १५ का आशिष जिम्बा र उत्कृष्ट प्रशिक्षक हेटौंडा १५ का उज्वल वाइबा घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडा १८ का अभिराज थापा मगर भए । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र बाँकी विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

नगर खेलकुद विकास समिति हेटौंडाको आयोजनामा पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगितामा हेटौंडाका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

हेटौँडा–१२ निवासी अनुपम घलानको गत १२ असोजमा सिस्नेरी स्थित वत्सला माविमा रहेको एन्फा एकेडेमीमा रहेका वेला पहिरोमा परी निधन भएको थियो । उनकै स्मृतिमा हेटौँडामा प्रत्येक वर्ष आयोजना गर्ने गरी यस वर्षबाट प्रतियोगिता सुरु गरिएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यबाहक मेयर राजेश बानियाँले प्रतियोगिताका विजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज