साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

१० फागुन, हेटौँडा । साविक विजेता मच्छिन्द्र क्लब ७ औं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रले उपाधिका लागि सोमबार हुने फाइनल खेलमा चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्ने छ ।

बागमती गाउँपालि ४ स्थित सहिद स्मृति रंगशालामा शनिवार भएको दोस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्रले चौथो संस्करणको विजेता टोली थ्री स्टार क्लबलाई ३–१ गोलले निराश बनाउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का गरेको हो । मछिन्द्रको जीतका लागि शिशिर लेखि, समिराज थोकर, र विदेशी खेलाडी स्टेफेनले एक÷एक गोल गरे ।

थ्री स्टारका विदेशी खेलाडी एलेक्स विलियम्सले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने थ्री स्टारले बनाएको थियो । खेलको पहिलो हाफको ३७ औं मिनेटमा विदेशी खेलाडी एलेक्सको गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो । तर सम्हालिएर खेल्न नसक्दा थ्री स्टारले दोस्रो पटक उपाधिका लागि उपाधि भिडन्त गर्ने अवसर गुमाएको छ ।

१ गोलले पछि परेको मच्छिन्द्रका खेलाडीहरुले संयमित भएर खेल प्रदर्शन गर्दा खेलको पहिलो हाफको ४२ औं मिनेटमा थ्री स्टारसँग बराबरी गर्न सफल भए । उसका लागि पहिलो गोल शिशिर लेखिले गरेका थिए । यस्तै खेलको ५१ औं मिनेटमा समिराज थोकर र ८२ औं मिनेटमा विदेशी खेलाडी स्टेफेनले गोल गर्दै टिमलाई जीत दिलाए ।

खेलको म्यान अफ द म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित शिल्ड प्राप्त गरे । अब विजेता टोलि मच्छिन्द्रले उपाधीका लागि सोमबार चर्च ब्र्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । चर्च ब्वाइज पहिलो सहभागितामै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

सोमबार हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...