१२ फागुन, हेटौंडा । २६२ औँ सेना दिवस एवं महाशिवरात्रिको अवसर पारेर मध्य पृतना हेडक्वार्टर हेटौँडाले खेलकुद गतिविधिका साथै विविध सैनिक प्रदर्शनी गर्ने भएको छ ।
१७ फागुनमा आयोजना हुने कायक्रममा खेलकुद लगायत वाकाथन, एड्भेन्चर रेस च्यालेन्ज र नेपाली सेना सम्बन्धी विविध प्रदर्शनी हुने मध्य पृतना हेडक्वार्टर हेटौँडाका महासेनानी बिमल शर्माले जानकारी दिए ।
उनका अनुसार ‘हिड्नु र दौडनु, आफ्नो उत्कृष्टताको लागि’ भन्ने मूल नारा सहित वाकाथन, एड्भान्चर रेस च्यालेन्ज आयोजना गर्न लागिएको हो ।
५ किलोमिटर दूरीको वाकाथान प्रतियोगितामा नेपाली सेनाका साथै सर्वसाधारणले समेत सहभागिता जनाउन पाउने महासेनानी शर्माको बताए ।
सामरी ग्राउन्डमा हुने एड्भान्चर रेस च्यालेन्जमा हेटौँडाका विभिन्न विद्यालयका २० टिम, नेपाली सेनाको १४ टिम र गैर सैनिक ७ टिमको सहभागिता रहने छ । दुबै विधातर्फ प्रथम, द्धितिय र तृतीय हुने टिमलाई क्रमशः नगद बीस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनको भनाई छ ।
उक्त दिन नेपाली सेनाको विविध पक्षका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको महासेनानी शर्माले बताए । नेपाली सेनाको इतिहास, सैनिक नागरिक सम्बन्ध, विकास निर्माण, विपद् व्यवस्थापन, राष्ट्रिय निकुञ्ज सुरक्षामा नेपाली सेनाको योगदान झल्कने प्रर्दशनी गरिने उनको भनाई छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।